चिनबाट ल्याउँदै गरेको अवैंध च्यांग्रा र घोडा कोरलानाकाबाट बरामद
मुस्ताङ, २७, जेठ ।
चिनबाट मुस्ताङतर्फ ल्याउँदै गरेको अवैंध च्यांग्रा र घोडा प्रहरीले कोरलानाकाबाट नियँन्त्रणमा लिएको छ । नेपाल—चिन उत्तरी कोरलानाका नजिकै रहेको ईलाका प्रहरी कार्यालय छोसेरका प्रहरी सुरक्षाकर्मीले अवैंध रुपमा भन्सार छली चोरी निकासी÷पैठारी गरी मुस्ताङ ल्याउँदै गरेको ४४ वटा च्यांग्रा र एक घोडा आईतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय छोसेरका प्रहरी सहायक निरीक्षक यमबहादुर दरैको कमाण्डमा २ जना प्रहरी सुरक्षाकर्मीले आईतबार साँझ ६ बजेको समयमा चिनबाट कोरलानाका क्रस गरी ल्याउँदै गरेको करिव ९ लाख ४ हजार मुल्य बराबरको अवैंध च्यांग्रा र घोडा तत्कालै प्रहरीले नियन्त्रणमा लिएर बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । डिएसपी लामाका अनुसार चिनबाट अवैंध रुपमा भन्सार छली तथा चोरी निकासी र पैठारी गरी ल्याईएका च्यांग्रा र घोडा कसले ल्याएको हो भन्ने बिवरण खुल्न नसकेको बताउँनुभयो ।
‘चिनबाट नेपाल छिराईएको अवैंध च्यांग्रा प्रहरीले नियन्त्रणमा लियो,च्यांग्रा र घोडा ल्याउने व्यक्ति भागेर बेपत्ता भयो’, डिएसपी लामाले थप्नुभयो, नियन्त्रणमा लिइएको च्यांग्रा र घोडा आईतबार रातिनै आवश्यक कारवाहीका लागि प्रहरीले छोसेर स्थित न्हेचुङ भन्सार कार्यालयमा बुझाईसकेका छौं ।’
प्रहरीले नियन्त्रणमा लिएका च्यांग्रा र घोडा त्यहाँ रहेको सशस्त्र प्रहरी बल (बिओपी)का सुरक्षाकर्मीको सहयोगमा भन्सार कार्यालयलाई हस्तान्तरण गरेको जनाएको छ । प्रहरीले चिनबाट अवेंध च्यांग्रा र घोडा ल्याउने व्यक्तिको खोज अनुसन्धान गरिरहेको जनाएको छ ।
यता मुस्ताङको छोसेर स्थित न्हेचुङ भन्सार कार्यालयले चिनबाट अवैंध रुपमा मुस्ताङतर्फ ल्याउँदै गरेको बरामद च्यांग्रा सोमबार प्रतिगोटा दुई हजार र एक घोडाको ८ हजार मुल्यमा लिलाम बिक्री गरेको न्हेचुङ भन्सार कार्यालयका नायब सुब्बा उत्तम राईले जानकारी दिनुभयो ।
उपल्लो मुस्ताङका नागरिकहरुका लागि नेपाल—चिन कोरलानाका खुल्ला भएको लामो समय बितिसक्दा समेत नेपालतर्फ भन्सार कार्यालयको आवश्यक पूर्वाधार निर्माण नहुँदा उपल्लो मुस्ताङका स्थानीय र ब्यापारीहरुलाई चिनसंग हुँने आयात÷निर्यातमा समस्या पर्ने गरेको छ ।
नेपालतर्फ भन्सार कार्यालयको खाद्य,पेय र पशु क्वारेन्टाईन लगायतका आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन नहुँदा चिनबाट आयात ÷निर्यात सामाग्रीको वैधतामा समस्या पर्ने गरेको छ । उपल्लो मुस्ताङका स्थानीय तथा व्यापारीहरुले सरकारले नेपाल—चिन कोरलानाकाको न्हेचुङ भन्सार कार्यालयलाई सक्रिय बनाउँनुपर्ने माग गर्दैआईरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली