मुस्ताङको जनहित स्कुलका विद्यार्थीलाई सेनाको उच्चपदस्थ व्यक्तिबाट शैक्षिक उत्प्रेरणा

जोमसोम— राष्ट्रिय सेवा दलका महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले सोमबार मुस्ताङको जोमसोम स्थित जनहित स्कुलमा  शैक्षिक तथा एनसिसीका बिषयमा आवश्यक  प्रशिक्षण दिएका छन् । जोमसोम स्थित नारायण दल गणको समन्वयमा महानिर्देशक उपरथी कार्कीले जनहितका विद्यार्थीले शैक्षिक उर्जा प्रदान गर्ने प्रशिक्ष दिएका हुन् ।

 मध्य तालिम शिक्षालयद्वारा ७९ दिने सि.स. ५० औं जुनियर डिभिजन तालिम लिएका जोमसोम स्थित जनहित माध्यमिक विद्यालयका विद्यार्थी र अन्य विद्यार्थीलाई एकै ठाउँमा राखेर शैक्षिक  उत्प्रेरणा प्रदान गरे । राष्ट्रिय सेवा दलका महानिर्देशक उपरथी कार्कीले मुस्ताङको जनहित स्कुलमा पुगेर १ घण्टा समय खर्चिएर विद्यार्थीहरुको शैक्षिक भविष्यका लागि महत्वपूर्ण सल्लाह सुझाव पेश गरेको  जनहित माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माधवजी भण्डारीले जानकारी दिए ।

जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर थकाली,विद्यालयका सहायक प्रधानाध्यापक माधवजी भण्डारी र विद्यालयमा कार्यरत शिक्षकहरुको त्यहा उपस्थिती रहेको थियो  ।

मुस्ताङमा ७९ दिने एनसिसी जुनियर डिभिजन तालिम हालै सकिएको छ । जनहितका ३४ जना विद्यार्थीलाई लक्ष्यगरी सैन्यकला लगायतका विविध विषयमा तालिम प्रदान गरिएको थियो । तीनै विद्यार्थीलाई सोही क्रममा राष्ट्रिय सेवा दलका महानिर्देशक उपरथी कार्कीले विद्यार्थीको समुन्नत भविष्यको कामना गर्दै गहकिला भनाई राखेका थिए ।


राष्ट्रिय सेवा दलका महानिर्देशकको प्रशिक्षणबाट विद्यार्थीहरुको आत्म क्षमता वृद्धिमा ठुलो योगदान पुग्ने विद्यालयका सहायक प्रधानाध्यापक भण्डारीले जानकारी दिए । महानिदेशक कार्कीले सि.सं. ५० जुनियर एनसिसी  तालिम विद्यार्थीको उज्जव भविष्य निर्माणका लागि केन्द्रिय रहेकाले यसबाट असर नागरिक बन्नका लागि अभिप्रेरित गर्ने विद्यार्थीहरु सामु बताएका थिए ।

 प्रशिक्षणका क्रममा महानिर्देशक कार्कीले विद्यार्थीहरुलाई राष्ट्रप्रेमको भावना जगाउन उत्प्रेरणा प्रदान गरे । उनले नेपाली नागरिक भएका हैसियत भोलीका दिनमा नेपालमै बसेर सेवा गर्नुपर्ने भनाई राखे ।‘बिद्यार्थीको पहिलो कर्तव्य शिक्षा आर्जन गर्नु हो, शिक्षालेनै उज्जव भविष्यको मार्ग प्रसस्त गर्छ, महानिर्देशक कार्कीले भने,‘ विद्यार्थी सधै मेहनत र उर्जाशील हुनुपर्छ, त्यसो भएमात्र विद्यार्थी आफ्नो गन्तब्यमा पुग्न सक्षम हुन्छ ।’

 हिमालीपारिको कठिन भुगोलमा भौतिक रुपमा उपस्थित भई नेपाली सेनाको उच्चपदस्थ व्यक्तिले विद्यार्थीको शैक्षिक भविष्य निर्माणका लागि विद्यार्थीहरुसंग प्रत्यक्ष साक्षात्कार गरिनु महत्वपूर्ण अवसर रहेको जनहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर थकालीले उल्लेख गरे । ‘विद्यालय शैक्षिक सिकाईको मन्दिर हो, अध्यक्ष थकाली भने, तैपनी सेनाको उच्चपदस्थ व्यक्तिबाट हाम्रा विद्यार्थीलाई उत्प्रेरणा दिने कार्य निकै सह्रानीय छ ।’

यसअघि राष्ट्रिय सेवा दल (एनसिसी) तालिम अभ्यासमा सहभागी विद्यार्थीलाई सैन्य अभ्यास,नेतृत्व विकास,शभ्य अनुसान,राष्ट्र प्रेमको भावना जागृत गराउने, व्यक्तित्व तथा नेतृत्व विकास,समय व्यवस्थापन, सहयोगी भावना पैदा गर्ने र आत्मविश्वाश जगाउने लगायतका क्रियाकलाप गरी तालिम अभ्यास प्रदान गरिएको हो ।

मुस्ताङको जनहित माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एनसिसी तालिम अन्तर्गत ड्रिल ,खुकुरी ड्रिल, तेक्वान्दो, एरोविक्स, व्यक्तित्वकला,स्याण्ड मोडल ब्रिफ्रिङ, फुटबल,भलिबल,दौड र सांस्कृतिक नाच लगायतका सिकाई अभ्यास गराइएको हो । तालिमका लागि गणको समन्वयमा जम राजु मानन्धर र हु धनबहादुर राउतले एनसिसी प्रशिक्षण दिएका थिए ।


 



प्रतिक्रिया