सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि पेश गर्ने बजेट निर्माणका लागि आर्थिक सहयोग पु¥याउन मुस्ताङको जोमसोमबा शुक्रबार सरोकारवालाको उपस्थितीमा छलफल चलाएको हो ।
सरकारलाई आगामी बजेट निर्माणमा सहयोग पु¥याउन नेपाल राष्ट्र बैंकले बर्सेनि यसप्रकारको छलफल तथा अन्तरक्रिया ७ वटै प्रदेशमा आयोजना गर्ने गर्दछ । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझावसहितको प्रतिवदेदन पेश गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकको टोली मुस्ताङ आईपुगेको हो । यहाँ प्रशासन, सुरक्षा, स्थानीय तह, जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको प्रमुख एवं प्रतिनिधि, पर्यटन,कृषि,शिक्षा,स्वास्थ्य लगायतका समसामयिक विषयमा एक दर्जन बढी निकायसंग पूर्व बजेटकालीन बजेट सम्वन्धमा नेपाल राष्ट्र बैंकले अन्तरक्रियात्मक कार्यक्रम गरेको हो ।
नेपाल राष्ट्र बैंक गर्भनर महा प्रसाद अधिकारीले नेपाल सरकारको बजेट निर्माणमा आर्थिक सल्लाहाकार रुपमा नेपाल राष्ट्र बैंक रहेकाले बर्सेनि यसप्रकार कार्यक्रम देशका ७ वटै प्रदेशमा आयोजना गर्ने गरिएको बताउँनुभयो । नेपाल राष्ट्र बैंकले ७ वटै प्रदेशमा पुगेर स्थानीय स्तरको सम्भावना,समस्या ,चुनौती र समाधानका विषयमा घनिभुत छलफल गरी आर्थिक अध्ययन प्रतिवेदन लेखन तयार गर्ने गरेको गर्भनर अधिकारीले उल्लेख गर्नुभयो । सरकारले बजेट मस्यौदा निर्माण गर्नुअघि राष्ट्र बैंकले वर्षैपिच्छे प्रादेशिक धारणा र सुझावसहित आर्थिक प्रतिवेदन सरकार समक्ष पेश गर्ने गरिएको गर्भनर अधिकारीको भनाई छ ।
अन्तरक्रियामा गर्भनर अधिकारीले सरकारले बजेट निर्माण गर्दा हरेक शिर्षकको बजेटमा नेपाल राष्ट्र बैंकको सुझाव र सल्लाह रहने गर्भनर अधिकारीले खुलाउनुभयो ।‘चाहे बजेट खर्च हुने शिर्षकमा होस चाहे बजेट खर्च नहुने शिर्षकमा होस, चाहे राजश्व खर्च भित्र विकास निर्माणमा होस ,’गर्भनर अधिकारीले थप्नुभयो,‘ हरेक शिर्षक अन्तर्गत शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन, संस्कृति र अन्य सम्भावनाका शिर्षकमा राष्ट्र बैंकले सुझाव पेश गर्छ ।’ गर्भनर अधिकारीले पूर्व बजेटकालीन प्रतिवेदनमा उल्लेख हुने सबै विषय बजेटमा अटाउने नअटाउने भने निश्चित नहुने बताउँनभुयो ।
यसैगरी नेपाल राष्ट्रबैंकका आर्थिक अनुसन्धान विभगाका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले मुलुकको आर्थिक समृद्धि र विकासका लागि बजेट निर्माण प्रक्रिया भूमिकामा राष्ट्र बैंकले एक सल्लाहाकार दायित्व निभाउँदै आईरहेको बताउँनुभयो । बजेटमा केकस्ता कार्यक्रम समेटिदा मुलुकको आर्थिक वद्धि सृजना हुन्छ र यस्ता कार्यक्रममा रोजगारीको सृजना, आयअसक्षमता न्यूनिकरण र गरिवी निवारण लगायतका लक्ष्यहरु प्रतिवेदनमा निर्दिष्ट हुने कार्यकारी निर्देशक डा. भट्टको भनाई छ ।
मुस्ताङमा आयोजित पूर्व बजेटकालिन अन्तरक्रिया कार्यक्रममा मुस्ताङका सरकारी कार्यालय तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिले मुस्ताङका बग्रेल्ती समस्या,चुनौती र सम्भावनाका बिषयमा नेपाल राष्ट्र बैंकको गम्भिर ध्यानार्कषण गराएका छन् । मुस्ताङका जिल्ला स्थित कार्यालय तथा सरोकारवालाहरुले मुस्ताङमा जलवायु परिवर्तनको प्रभावले कृषि,पशुपालन,पर्यटन र धर्मसंस्कृति लगायतमा प्रतिकुल असर पुगेको बताएका छन् ।
अन्तरिक्रियामा मुस्ताङमा एक प्रतिशत मात्रै जग्गा नापी भएको र यसले भूमी सम्वन्धि समस्या जटिल बनेको बताएका छन् । सरोकारवालाहरुले शिक्षा,स्वास्थ्य,पूर्वाधार लगायतका बिषयमा भईरहेका समस्याहरु नेपाल राष्ट्र बैंकको टोलीलाई अवगत गराएका छन् ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली