मुस्ताङ,१० ,भदौ ।
मुक्तिनाथ ग्रान्ड यार्तुङ २०८३ को पुरुष आर्चरी प्रतियोगितातर्फ आयोजक जनप्रिय युवाक्लव यसवर्ष पनि पून च्याम्पियन बनेको छ । सोमबार र बुधबार दुईदिन सञ्चालन भएको पुरुष आर्चरी प्रतियोगितामा जनप्रिय युवाक्लव मुक्तिनाथले १०३ अंक जोड्दै उपाधी च्याम्पियन बनेको हो ।
जनप्रिय युवाक्लव मुक्तिनाथद्वारा आयोजित पुरुष आर्चरीतर्फ मुस्ताङसहित मनाङ र कास्की जिल्लाका गरी कुल १७ टोलीको सहभागीता रहेको थियो । कुल ११ डोरको ११० पूर्णाङ्क रहने गरी खेलाईएको खेलमा जनप्रिय युवाक्लव प्रथम भई च्याम्पियन बनेको प्रतियोगिता संयोजक उर्गेन पाल्साङ गुरुङले जानकारी दिनुभयो ।
यसैगरी फाईप स्टार जामसोमले १०१ अंग जोड्दै उपविजेता बनेको छ भने ब्रदर्स टिम जोमसोम ९५ अंग जोड्दै तेस्रो भएको संयोजक गुरुङले बताउँनुभयो ।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी फाईप स्टार टिमका कुमार कान्छा घोषित हुनुभयो । यस्तै, सर्वोत्कृष्ट खोल हान्नेमा ब्ल्याक प्यान्थर कोवाङका खेलाडी घोषित हुनुभयो ।
पुरुष आर्चरी च्याम्पियन जनप्रियले एक लाख २५ हजार, उपविजेता फाईप स्टारले असी हजार र तेस्रो हुने ब्रदर्श टिमले पचास हजार रुपैया पुरस्कारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँने प्रतियोगिता संयोजक पेमा गुरुङले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली