मुस्ताङमा निर्वाचन आचारसहिंता पालन गर्न सहमत

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र,निश्पक्ष,भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला स्थित राजनीतिक आठ दल र तीनका उम्मेदवारहरु सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बिहिबार बसेको सर्वदलिय बैठकमा निर्वाचन आचारसहिंता २०८२ लाई अक्षरस पालना गर्न  प्रतिवद्धता जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बैठक आयोजना गरिएको हो । 

जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय बैठकमा निर्वाचन आचारसहिंता परिपालना सम्वन्धि अन्तरक्रिया कार्यक्रम गरिएको हो । बैठकमा उपस्थित जिल्ला स्थित राजनीतिक दलका पार्टी प्रतिनिधि र उम्मेदवरहरुले निर्वाचन आचारसंिहंतालाई जोडतोडका साथ पूर्ण रुपम पालना गर्ने प्रतिवद्धता जनाईएको प्रमुख जिल्ला अधिकारी शर्माले उल्लेख गर्नुभयो ।

निर्वाचन कार्यक्रम लक्षित सर्वदलिय बैठकमा  जिल्लाको समग्र राजनीतिक पछिल्लो अवस्थाको बारेमा छलफल तथा समिक्षा गरिएको छ । सो अवसरमा प्रजिअ शर्माले निर्वाचनलाई स्वच्छ,निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकिकृत निर्वाचन सुरक्षा योजना बनिसकेको बताउँनुभयो ।

  निर्वाचनलाई सफल बनाउन राजनीतिक दल,सुरक्षा निकाय लगायत नागरिक समाज गैरसरकारी संस्था र पत्रकार लगायत सबै पक्षले सामुहिक दायित्व रहेको भन्दै प्रतिवद्धता व्यक्त गरिएको छ ।  निर्वाचन आचारसहिंता लागु भईसकेको सन्दर्भमा राजनीतिक दल,उम्मेदवार,सुरक्षा निकाय,कर्मचारी लगायतले निर्वाचन आचारसंिहताको पालना गर्ने निर्णय भएको प्रजिअ शर्मार्को भनाई छ ।

यहाँ आयोजित निर्वाचन लक्षित सर्वदलियत बैठकमा आसन्न निर्वाचनका लागि हालसम्म भएका कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । निर्वाचनका लागि जिल्ला अधिकाँश मतदान केन्द्र तथा मतदान स्थलहरुको अनुगमन गर्ने सकिएको र निर्वाचन मतदान केन्द्र तथा मतदान स्थलहरुमा मतदान कार्यक्रम संञ्चालन गर्न कुनै अप्ठ्यारो नहुने प्रजिअ शर्माको भनाई छ ।

फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति अघि स्थानीय थकालीहरुको तोरन्ल पर्व पर्ने भएकाले निर्वाचन कार्यक्रमलाई असर नपुग्ने गरी कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल भएको छ । यसैगरी सर्वदलिय बैठकमा मुस्ताङको साङ्ता मतदान केन्द्र सार्ने प्रस्तावका बारेमा कुनै निर्णय भईनसकेको प्रजिअ शर्माले बताउँनुभयो ।

आसन्न निर्वाचनका लागि हालसम्मको जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको  तत्कालको अवस्थामा मुस्ताङमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न कुनै बाधा नपुग्ने प्रजिअ शर्माले जनाउँनुभयो । हिमपात कारण निर्वाचन कार्यक्रम बिथोलिने पो होकी भन्ने जिज्ञासामा प्रजिअ शर्माले अहिलेको मौसम अवस्थामा निर्वाचन कार्यक्रम सफल बनाउन समस्या नहुने जनाउँनुभयो । निर्वाचनको बेला हिमपात भएमा के गर्ने र कसो गर्ने भन्ने बिषयमा त्यस बेलाको अवस्था हेरेर मात्रै निर्णय हुने भएकाले सबै राजनीतिक दल र उम्मेदवारहरु निर्वाचन कार्यक्रममा जुट्न प्रजिअ शर्माले आग्रह गर्नुभयो ।

यसैगरी आसन्न फागुन २१ गते हुने निर्वाचनका लागि जोमसोम स्थित नेपाली सेनाले गस्ती गर्न थालेको छ । निर्वाचनलाई लक्षित गरी जोमसोम स्थित ईन्द्रबक्स गणले मुस्ताङको जोमसोम र माथिल्लो मुस्ताङको लोमान्थाङ स्थित थुर्लङफाँटमा सैनिक बेसक्याम्प स्थापना गरेको  सर्वदलिय बैठकमा जानकारी गराईएको छ ।

 यसैगरी निर्वाचनको समग्र शान्ति सुरक्षालाई केन्द्रित गरी माथिल्लो मुस्ताङ स्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङमा सशस्त्र प्रहरी बल नेपालको सशस्त्र बेसक्याम्प स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी)को कमाण्डमा सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी ३५ जना बढी सुरक्षा टोली त्यहाँ परिचालन भईसकेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्मले जानकारी दिएको छ ।

निर्वाचन आचारसहिंता पालना तथा समसामयिक निर्वाचन लक्षित बिषयमा भएको छलफल तथा अन्तरिक्रिया बैठकमा ,४ वटै सुरक्षा निकायका प्रतिनिधि, नेपाली कांग्रेस, एमाले, रास्वपा,नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, आम जनता पार्टीका प्रतिनिधि एवं उम्मेदवार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया