जेनजी सहितप्रति कागबेनीमा गंगा पुजासहित महाआरती (तस्विरसहित)

जोमसोम ।

जेनजी आन्दोलनका क्रममा साहदत प्राप्त गर्ने जेनजी सहितहरुको सभ्झनामा मुस्ताङको पवित्र धार्मिक स्थल कागबेनीधाममा श्रीकृष्ण गण्डकी पुजासहित महाआरती गरिएको छ ।

कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार जेनजी सहितहरुप्रति शोक व्यक्त गर्दै गण्डकी पुजा र महाआरती गरिएको हो ।

साथै आन्दोलनका क्रममा जेनजी आन्दोलनका क्रममा घाईते भएकाहरुप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै त्यहाँ कार्यरत पुजारीहरुले कालिगण्डकीको संगम स्थल कागबेनीधाममा पुजापाठसहित गंगा आरती सम्पन्न गरेको वारागुङ मुक्तिक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो ।




प्रतिक्रिया