जोमसोम— तल्लो मुस्ताङमा सडक तथा पुलका लागि १८ करोड ५७ लाख ८८ हजारको योजना स्वीकृत गरिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ देखि कार्यान्वयनमा ल्याउने गरी तल्लो मुस्ताङमा तीन वटा ३ वटा सडक तथा पुल निर्माण योजनाका लागि बहुर्षीय योजना अन्तर्गत गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले बजेटको श्रोत सुनिश्चित गरेको हो ।
गण्डकी प्रदेश, मुस्ताङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र ‘ख’का लागि चालु वर्ष गण्डकी प्रदेश सरकारले २ सडक र १ पुलका लागि बहुर्षीय योजनाका लागि बजेट खाका वृद्धि गराएर बजेट सुश्चित गराएको हो । प्रदेश सांसद विकल शेरचनको पहलमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १,२ र ३ वडा जोड्ने ‘एक निर्वाचन क्षेत्र एक सडक योजना’का लागि रानीपौवा ,छेङ्गुर, झोङ र तेताङ जोड्ने सडकमा १० करोड बजेट आर्थिक मामिला मन्त्रालयबाट श्रोत सुनिश्चित भएको हो ।
प्रदेश सांसद शेरचनले वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ओझेलमा परेका गाउँहरु जोड्ने सडकमा आफुले प्राथमिकतामा राखेको बताए । यो सडक बहुवर्षीैय रणनीतिक महत्वको सडक भएकाले चालु वर्ष प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरिसकेको बताए । ‘सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको छ,क्रमागत रुपले बजेट थपिदै जान्छ,’सांसद शेरचनले भने १० करोडको सडक योजना पुरा भएपछि जोमसोम —कोरला राजमार्ग सडक यो सडक रिङरोडले समेत जोडिने उल्लेख गरे ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा निकै विकासलेपछि परेको तेताङ गाउँदेखि मुक्तिनाथ रानीपौवासम्म १० किलोमिटर सडक निर्माण हुने पूर्वाधार विकास कार्यालयका प्रमुख अजयकुमार श्रेष्ठले जानकारी दिए । कार्यालय प्रमुख श्रेष्ठका अनुसार ‘एक निर्वाचन क्षेत्र एक सडक’योजनाका लागि ठेक्का आह्वान भईसकेको बताए । वारागुङको तेताङदेखि मुक्तिनाथ सडक निर्माण योजनाका लागि ४ किलोमिटर कालोपत्र सडक र ६ किलोमिटर ग्राभेल सडकको रुपमा विस्तार हुनेछ । वारागुङ मुक्तिक्षेत्रको १,२ र ३ वडा जोड्ने सडकमा २ दशमलव ५ किलोमिटर सडकको नयाँ ट्याक खोल्ने गरी सडकको डीपीआर तयार भएको कार्यालय प्रमुख श्रेष्ठले जनाए । सडक ६ दशमलव ५ मिटर चौडा हुनेछ ।
प्रदेश निर्वाचन क्षेत्र एक सडक अन्तर्गत वारागुङ मुक्तिक्षेत्र—१ को रानीपौवादेखि छेङ्गुर खोलासम्मको दुरीमा ४ किलोमिटर अल्फाल्ट कालोपत्र हुने पूर्वाधार विकास कार्यालय मुस्ताङको भनाई छ । वारागुङ—३ तेताङ,झोङ,छेङ्गुर र रानीपौवा जोड्ने सडकले उपल्लो मुस्ताङका नागरिक तथा उपल्लो मुस्ताङमा भ्रमण गरेर फर्किने पर्यटकलाई मुक्तिनाथ जान छोटो दुरीको सडक कायम हुने बताईएको छ । यो सडक निर्माण सम्पन्न भएमा त्यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजका सामाग्रीहरुको बजारिकरण गर्न समेत सहज हुने विश्वास गरिएको छ ।
गण्डकी प्रदेश सरकारले एक निर्वाचन क्षेत्र एक सडक निर्माण योजनाका लागि मनाङ र मुस्ताङमा १०÷१० करोड र प्रदेशका अन्य जिल्लाहरुमा ५÷५ करोड बजेटको श्रोत सुनिश्चित गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङको भनाई छ ।
यसैगरी सडकतर्फ गण्डकी प्रदेश सरकार अन्तर्गत मुस्ताङ जिल्ला सदरमुकाम कार्यालय जाने बाटो मर्मत तथा स्तरोन्नतिकाका लागि बहुर्षीय योजनामा समावेश गरी १ करोड ५० लाख बजेट सुनिश्चित भएको छ । यसका चालु वर्ष ३० लाख बजेट विनियोजन भई यसको ठेक्का प्रक्रिया अघि बढिसकेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए । जोमसोम सदरमुकाम कार्यालयको मुस्ताङ अदालत देखि डिभिजन बन कार्यालयसम्मको २४२ मिटर सडक मर्मत तथा स्तरोन्नति हुने जनाईएको छ । यसअघि प्रदेश सरकारले जोमसोम पक्की पुलदेखि जिल्ला निर्वाचन कार्यालयसम्म सडक स्तरोन्नति गरेको थियो ।
सडक पुलतर्फ चालु वर्ष प्रदेश सरकारबाट ठिनी खोला मोटरेबल पुलको योजना परेको छ । जोमसोम,ठिनी,ढुम्बा र मार्फा जोड्ने रिङरोड सडक अन्तर्गत प्रदेश सरकारबाट ठिनी खोलामा ३५ मिटर लामो पक्की पुल निर्माणको योजना परेको हो । ठिनी खोला पुलका लागि चालु वर्ष ४० लाख बजेट विनियोजन भएको छ। पुल निर्माणका लागि बहुर्षीय योजना अन्तर्गत गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले ७ करोड ७ लाख ८८ हजार बजेटको श्रोत सुनिश्चित गरेको प्र्रदेश सांसद विकल शेरचनले जानकारी दिए ।
ठिनी खोलामा निर्माण हुने पक्की आरसीसी पुल फुटफाथसहित ८ दशमलव ४० मिटर चौडा हुनेछ । ठिनी खोलामा पुल निर्माण भएमा त्यसक्षेत्रका बासिन्दालाई रिङरोड हुँदै मार्फा झर्न र ढुम्बाताल हेर्न जाने पर्यटकलाई बर्खायामको मौसममा आउजाउमा निकै सहज हुने सांसद शेरचनको भनाई छ । जोमसोमबाट ढुम्बाताल घुम्न जाने पर्यटकलाई पून फर्किएर जोमसोम आउन नपर्ने र सिधै मार्फा जाने पर्यटकलाई पुलले ठुलो योगदान पू¥याउने सांसद शेरचनले जनाए।
यसै तल्लो मुस्ताङ अन्तर्गतनै वारागुङ मुक्तिक्षेत्र २ र १ वडा जोड्ने छेङ्गुर, झोङ, मोटरेबल पुल योजनाको वहुवर्षीय श्रोत सुनिश्चितताका लागि आर्थिक मामिला मन्त्रालय गण्डकी प्रदेशमा फाईल पेश भईसकेको सांसद शेरचनले जानकारी दिए ।
यसअघि पुलको डीपीआर संम्पन्न भईसकेर १ करोड ५० लाख बजेट विनियोजन भएको उनले बताए । पुलको वहुवर्षीय योजनाका रुपमा कार्यान्वयनमा लैजान थप बजेट करिव ८ करोडको श्रोत सुनिश्चित गर्न प्रदेश सरकारसंग माग गरिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता