जोमसोम— छैठौं संस्करणको कागबेनी यार्तुङ महोत्सव २०८१ अन्र्तगत आईतबार सम्पन्न हाईअल्टिच्युड सेभेन ए साईड फुटबल प्रतियोगितामा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ को लुडाक बोन युथक्लव च्याम्पिन बनेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्रका कुल १२ टिम सहभागि रहेको प्रतियोगितामा लुडाक बोन युथक्लवले मिलन युवाक्लव कागबेनीलाई (२—१)को गोल अन्तरले हराउँदै सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।
यसअघि नकआउट चरणको आधारमा कुल ४० मिनेटको समय निर्धारण गरी खेलाईएको प्रतियोगितामा लुप्रा बोन युथक्लवले शेर्घाङ लुङबुक युथ क्लव फल्याकलाई (२—०) गोल अन्तरले पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो । यस्तै, मिलन युवाक्लव कागबेनीले जनप्रिय युवाक्लव पुराङ रानीपौवालाई टाईब्रेकरमा (८—७)को गोल अन्तरले कठिन संघर्ष गर्दै फाईनलमा पुगेको थियो ।

कागबेनी छैठौं संस्करणको यार्तुङ सेभेन ए साईड फुटबल प्रतियोगितामा लुडाक बोन युथ क्लव भर्सेस मिलन युवा क्लव कागबेनी उपाधि भिडन्तका लागि आमने÷सामने भएका थिए । सुरुवाती पहिलो हाफमा मिलन युवाक्लव कागबे्नीले गोलको खाता खोलेपनि अंग्रता जोगाउन सकेन । पहिलो हाफमा १ गोललेपछि परेको लुडान बोन युथक्लवले उत्कृष्ट पूनरागमन गर्दै पहिलो हाफमै २ गोल ग¥यो । दोश्रो हाफमा दुबै टिमबाट गोल गर्ने प्रयास गरिएको भएपनि गोल हुन सकेन । उत्कृष्ट लयमा फर्किएको लुडाक बोनले अन्ततः मिलन युवा क्लवलाई पहिलो हाफमा गरेको गोलनै च्याम्पियन बन्नका लागि निर्णायक बन्यो ।
यसैगरी सेभी फाईनलमा पराजित जनप्रिय युवाक्लव पुराङ र शेर्घाङ लुङबुक युवा क्लव फल्याकबिच भएको तेश्रो स्थानको प्रतिस्पर्धामा शेर्घाङ लुङबुक युवाक्लवलाई हराउँदै जनप्रिय युवाक्लव प्रतियोगितामा तेश्रो स्थान सुनिश्चित ग¥यो ।
प्रतियोगिताको सर्वोउत्कष्ट खेलाडी मिलन युवाक्लव कागबेनीका खम्सुङ नोर्गे गुरुङ घोषित भए ।यस्तै सेभेन ए साईड फुटबल प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीमा जनप्रिय युवाक्लव पुराङ रानीपौवाका नर्बु ग्लाल्सिन गुरुङ भए । सर्वोउत्कृष्ट गोल रक्षकमा लुडाक बोन युथक्लवका गोल किपर तेन्जिङ नर्बु गुरुङ घोषित भए ।

योसंगै सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बन्ने विजेता लुडाक बोन युथ क्लवले नगद ५० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पायो । उपविजेता मिलन युवाक्लव कागबेनीले नगद ३० हजार र तेश्रो बनेको जनप्रिय युवाक्लवले नगद १० हजारसहित शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र हात पारे । प्रतियोतिमा सर्वोउत्कृष्ट खेलाडी,सर्वोउत्कृष्ट गोल किपर र सर्वाधिक गोलकर्ता खेलाडीहरुलाई मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
वारागुुङ मुक्तिक्षेत्र—४ कागबेनीको आयोजना तथा कागबेनी गाउँको सहआयोजनामा शुक्रबारदेखि सुरु भएको छैठौं संस्करणको यार्तुङ महोत्सवका विजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ,उपाध्क्ष डिकी गुरुङ,वडाध्यक्ष कर्मा घ्याचो गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता