मुस्ताङको घरपझोङमा साईकल तथा घोडा चढी उत्सव
जोमसोम
मुस्ताङ जिल्लाको पर्यटन प्रर्वद्धन तथा जलवायु संकट न्यूनिकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकामा शुक्रबार प्रथम संयुक्त साईकल तथा घोेडा ¥याली आयोजना गरिएको हो ।बढ्दो कार्वन उत्र्सजनका कारण विश्वमै चिन्ताको बिषय बनेको जलवायु संकटले समग्र मानव सभ्यतामै प्रतिकुल असर पु¥याएको अवस्थामा मुस्ताङको घरपझोङ गाउँपालिकाले पहिलो पटक पर्यटनसंग जोडेर वातावरणमैत्री प्रथम साईकल तथा घोडा ¥याली आयोजना गरेको हो ।
ईन्धनवाला सवारी साधनले वातवरणक्षेत्र निकै ठुलो नकारात्मक असर पर्दैगईरहेकाले यसप्रकारका सवारी साधनको बिकल्पमा साईकल र घोडा चढ्ने संस्कृतिको विकास गर्ने सन्देश प्रवाह गर्नका लागि साईकल तथा घोडा ¥याली कार्यक्रमले निकै ठुलो योगदान पु¥याउने बताईएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साईकल सिटी पोखराको संयोजनमा देशभरका साईक्लिङ टोली मुस्ताङमा एकत्रित भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । अध्यक्ष लालचनका अनुसार पहिलो चोटी मुस्ताङमा आयोजना भएको साईकल ¥यालीमा २३ वटा जिल्लाका ३६२ जना साईक्लिङ टोलीले उत्साहजनक रुपमा सहभागीता जनाइएको उल्लेख गर्नुभयो ।
‘हाम्रो उद्देश्य भनेकै यहाँको पर्यटन प्रर्वद्धन गर्नु हो, दुर दराजमा रहेका गाउँहरुलाई समेत साईकल तथा घोडा ¥यालीले चिनाउने हाम्रो ध्येय हो’, अध्यक्ष लालचनले भने,‘ हामीले अपेक्षा गरेभन्दा बढी देशभरबाट साईकल टोली मुस्ताङमा आउनु भएको छ, कार्यक्रम मार्फत जलवायु संकट न्यूनिकरण र कार्वन उत्र्सजन कम गर्ने विकल्प प्रस्तुत गर्न खोजेका हौ ।’
मुस्ताङमा आयोजित प्रथम साईकल तथा घोडा ¥यालीमा सहभागीहरु समेत समून्द्री सतहको ३ हजार मिटरको अग्लो उचाईमा साईकलयात्रा गर्न पाउँदा निकैनै उत्साहित भएका छन् । कपिलवस्तुबाट सहभागी वाराङ्गा साईकल राईडर बिष्णुप्रसाद सापकोटाले मुस्ताङ पहिलो पटक साईकल यात्रा गर्न सहभागी भएको जानकारी दिनुभयो । यहाँका पर्यटन प्रर्वद्धन तथा वातावरण स्वच्छताका साथै साईकल संस्कृतिको प्रर्वद्धनमा टेवा पु¥याउने गरी साईकल सिटी पोखराको समन्वयमा मुस्ताङ आईपुगेको बताउँनुभयो । ‘हामी यहाँ आउन पाउँदा निकै धेरै खुसी छौं, किनकी हिमालै हिमाल भएको मुस्ताङमा साईकल यात्रा गर्न पाउँनु अहोभाग्य हो’, राईडर सापकोटाले भन्नुभयो,‘ यतिठुलो कार्यक्रम यहाँ आयोजना हुँदा यहाको पर्यटन विकासका साथै जलवायु संकट न्यूनिकरण गर्न धुवा धुलो र ईन्धनरहित सवारी साधन प्रयोगमा अभिप्रेरित गर्ने पनि हामीहरुको उद्देश्य रहेको छ ।’
साईकल चढ्ने संस्कृतिले मानवस्वास्थ्यलाई पनि स्वस्थ्य राख्न सहयोग पुग्ने, साईकलको प्रयोगले कार्वन उत्पादन घटाउने र आर्थिक विकासमा समेत टेवा पु¥याउने नेपालगञ्ज स्थित साईक्लिङ क्लवका सल्लाहाकार रमेश मल्लले उल्लेख गर्नुभयो । प्राकृतिक सौन्दर्यताले भरिएको हिमाली जिल्ला मुस्ताङमा साईकल यात्रा गर्न पाउँदा आफुलाई गौरान्वित महशुस भएको मल्लले बताउँनुभयो । हामी त १५० मिटरको उचाईमा थियौं, यहाँको उचाई त ३ हजार भन्दा बेसी रहेछ’m साईक्लिस्ट मल्लले भन्नुुभयो,‘ केही अक्जिजनको कमी महशुस भएपनि यहाँको सौन्र्दयाले सबै बिर्साईदिएको अनुभुती भएको छ ।’ साईक्लिस्ट मल्लले एक पटक मुस्ताङ जिल्ला घुम्नै पर्ने रहेको बताउँनुभयो । घोडा र साईकल संस्कृतिले पर्यावरण जोगाउँन निकै ठुलो योगदान पु¥याउने साईक्लिस्ट मल्लको भनाई छ ।
यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको प्रथम साईकल तथा घोडा ¥यालीमा सहभागी मुस्ताङका स्थानीय कर्म गुरुङले जलवायु संकट न्यूनिकरणसंग जोडेर पर्यटन प्रर्वद्धन गर्ने यसखालको कार्यक्रमले मुस्ताङ जिल्लाको आर्थिक समृद्धिमा निकै ठुलो टेवा पुग्ने दावी गरे । ‘हाम्रो मुस्ताङमा महत्वपूर्ण चाडपर्व यार्तुङ, तिजी र धज्याङ पर्वहरुमा घोडा चढेर दौडने र तारो हान्ने खेल खेलिन्छ, यो हाम्रो संस्कृति र मौलिकता पनि हो’, स्थानीय घोडा राईडर कर्मले थप्नुभयो,‘ पछिल्लो समय जलवायु संकटका कारण हिमालहरु निकै जोखिममा छन्,यसले यहाँको पारिस्थितीक प्रणाली र यहाँको कृषि ,पर्यटन र वातावरण क्षेत्रमा प्रत्यक्ष÷अप्रत्यक्ष क्षति परिरहेको छ ।’
यहाँ आयोजित साईकल तथा घोडा ¥यालीले यहाँका वातावरण प्रदुषण घटाउन सहयोग पुग्ने राईडर कर्माले उल्लेख गर्नुभयो । बढ्दो ईन्धन सवारीले कार्वन उत्र्सजन बढेकाले यसको न्यूनिकरण गर्न साईकल तथा घोडा संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्नेमा स्थानीय घोडा राईडर कर्माले जोड दिनुभयो ।
यसअघि मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन र गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले प्रथम साईकल तथा घोडा ¥यालीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । साईकल तथा घोडा ¥यालीका सहभागी टोलीलाई मुस्ताङकोे जोमसोम,ठिनी,ढुम्बा,छैरो,चिमाङ,मार्फा,स्याङ र पुथाङ एअरपोर्टका आमा समुह,क्लव र स्थानीय नागरिकहरुले भव्य स्वागत सत्कार गरेका थिए । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका ५ वटै वडाका गाउँहरु परिक्रमा गर्ने गरी कुल २५ किलोमिटर दुरी तय गरिएको थियो ।
बिहान ७ बजे मुस्ताङको जोमसोम रंगशालाबाट सुरु भएको ¥यालीले गाउँपालिकाको ५ वटै वडा परिक्रममा गरी घरपझोङ गाउँपालिका कार्यालयमा पुगेर समापन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । ¥यालीमा ३६२ वटा साईकल र ३० वटा भन्दा घोडाको प्रयोग भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली