हिमपातले ड्रम क्याम्पमा फसेका दुई भारतीय पर्यटकको सकुशल उद्दार

मुस्ताङ,२४,बैशाख ।

मुस्ताङमा हिमपातमा फसेकाका दुई भारतीय पर्यटक पदयात्रीको सकुशल उद्दार गरिएको छ ।मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्दार गरेको हो ।

बुधबार मध्यान्ह यहाँको वारागुङ मुत्तिक्षेत्र—१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा हिमपात भएको थियो । भारतको केरला बस्ने भारतीय पर्यटक २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु

हिमपातका कारण वारागुङ मुक्तिक्षेत्र—२ स्थित चिसापानी भन्ने स्थानमा पदमार्ग पहिल्याउन नसकी अलपत्र परेका थिए ।उनीहरुको बुधबार साँझ उक्त स्थानबाट सकुशल उद्दार गरिएको नेपाली सेनाको ईन्द्रबक्स गणले जनाएको छ ।

यसअघि राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मनाङदेखि थोरङपास हुँदै मुस्ताङ प्रवेश गर्दै गरेका भारतीय दुई पदयात्री हिमपातका कारण पदमार्ग पहिल्याउन नसकी अलपत्र परेको सूचना भारतीय पदयात्री  मित्र बिन्दुद्वारा जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई जानकारी गराईएको थियो ।

हिमपातका कारण अलपत्र परेका दुई भारतीय पर्यटकको सकुशल उद्दारका लागि ईलाका प्रहरी कार्यालय मुक्तिनाथबाट प्रहरी सहायक निरीक्षक अमर गुरुङको कमाण्डमा दुई जना र नेपाली सेनाको जोमसोम स्थित ईन्द्रबक्स गणबाट  उपसेनानी उज्वल डंगोलको कमाण्डमा ६ जनाको टोली भारतीय पर्यटकको उद्दारमा खटिएको थियो । उद्दार टोलीले हिमपातका कारण अलपत्र परेको स्थान चिसापानी क्षेत्रमा खोजतलास गर्दै टेलिफोन सम्पर्क सकेको थिएन ।

नेपाली सेना र प्रहरीको संयुक्त उद्दार टोलीले अपलपत्र परेका दुई भारतीय पर्यटकलाई हिमपात भईरहेको स्थान वारागुङ मुक्तिक्षेत्र—१ थोरङ्पासको तल्लो क्षेत्र ड्रम क्याम्पमा साँझ करिव ८ बजे फेला पारी सकुशल उद्दार गरेको ईन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्व खाँडले जानकारी दिनुभयो ।


प्रतिक्रिया