जोमसोम— हिमाली जिल्ला मुस्ताङबाट करिव ९ हजारको हाराहारीमा दशै पर्व लक्षित भेडा—च्यांग्रा बेसीतर्फ बाहिरिएको बताईएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मुस्ताङले बिहिबारसम्म अनुमानित ९ हजारको संख्याको दशै पर्व लक्षित भेडा —च्यांग्रा बेसीतर्फ निकासा भएको जनाएको छ । जसमध्ये उपल्लो डोल्पाबाट मुस्ताङ रुट हुँदै करिव ३ हजारको हाराहारीमा भेडा च्यांग्रा पोखरा झरेका छन् ।
मुस्ताङको लोमान्थाङ ,लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र उपल्लो डोल्पाबाट जोमसोम झरेका दशै लक्षित भेडा च्यांग्रा कतिपयले पैदल हिडाएर बेसी झारेका छन् । कतिपयले सम्वन्धित पशु पालकको गोठमै पुगेर ट्रकमा ढुवानी गरी बिक्रीका लागि पोखरा—काठमान्डौं पू¥याएका छन् ।
मुस्ताङबाट निकासी हुने भेडाच्यांग्राको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र धौलागिरि प्राविधिक शिक्षालयले पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने गर्छ । यसै रिपोर्टका आधारमा यसवर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङ र धौलागिरी प्राविधिक शिक्षालय लेतेबाट गरी करिव ९ हजार भेडा च्यांग्राको पशुनिरोगिताको प्रमाणपत्र उपलब्ध गराईएको भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख एवं पशु चिकित्सक लालमणी अर्यालयले जानकारी दिए । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै बर्सेनि मुस्ताङबाट बाहिरिने दशै लक्षित भेडा च्यांग्रा पशु निरोगिताको परीक्षण गर्ने गरिन्छ । यसरी पशुस्वास्थ्य परीक्षण गरेर मात्रै मुस्ताङबाट बिक्रीका लागि भेडा च्यांग्राको निकासी गर्न पाईने प्रावधान रहेको पशु चिकित्सक अर्यालको भनाई छ ।
यसवर्ष दशै लक्षित भेडा च्यांग्राको स्वास्थ्य परीक्षण गरेवापत सम्वन्धित पशु चिकित्सकले प्रति गोटा १५ रुपैया परीक्षण शुल्क लिएका छन् । पशु चिकित्सकले पशुमा जुनेटिक (खोरेत) रोग लागेनलागे पहिचान गरेपछि पशु निरोगिताको पहेलो कार्ड वितरण गर्छन ।
यसवर्ष मुस्ताङबाट निकै कम संख्यामा भेडा च्यांग्रा बेसी झरेको प्रक्षेपण गरिएको छ । उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा च्यांग्रा नेपाल भित्रिन नपाएको र उपल्लो मुस्ताङमा पालन गरिएको च्यांग्राको रौं (पश्मिना) काटेर बिक्री गर्ने गरिएकाले यसवर्ष भेडा च्यांग्रा कम आएको अनुमान गरिएको हो ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले गतवर्ष ७२ हजार पशु चौपायालाई यहाँ पशु खोप सुनिश्चिता गरेको थियो । जसमध्ये दुई तिहाई भन्दा बढी भेडा च्यांग्राको संख्या रहेको थियो । जिल्लामा करिव ५० हजार भन्दा बढी भेडा—च्यांग्रा मौज्याद हुँदा निकै कम संख्यामा भेडा च्यांग्रा बाहिरिदा दशै तिहारको पूर्व सन्ध्यामा हुने भेडा च्यांग्राको ब्यापारमा ह्रास आउन थालेको अनुमान गरिएको छ । गतवर्ष मुस्ताङमा ४५ हजार २९२ वटा भेडा च्यांग्रालाई पूर्ण खोप लगाईएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रेकर्डमा उल्लेख छ । तर, जिल्लाको खोप लगाईएको उक्त तथ्यांकको २० प्रतिशत मात्रै भेडा च्यांग्रा मुस्ताङबाट बाहिरिएको हो ।
मुस्ताङमा यसवर्ष गतवर्ष तुलनामा भेडा च्यांग्राको मुल्य सस्तिएको भेडा च्यांग्रा ब्यापारी बताउँछन् । गतवर्ष मुस्ताङमै ४५ हजार भन्ने गरिएको भेडा च्यांग्रा यसवर्ष ३५ देखी ३८ हजारमा बिक्री गरिएको च्यांग्रा ब्यापारी पेम्वा रोकायाले बताए । हिमाली चिसो हावापानीमा उत्पादन हुने भेडा च्यांग्राको मासु स्वादिलो र पोशिलो हुने जनविश्वाश छ ।
हिमाली क्षेत्रको उच्च भ्ुगोलमा पालन गरिने भेडा च्यांग्राले वन्य जटिबुटी यार्सा गुम्बा,निरमसी,जटामसी,पाँच औले,कुटुकी र वनलसुन जस्ता वनस्पती खाने भएकाले भेडा च्यांग्राको मासु स्वास्थ्यवद्धक हुने बताईन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता