म्याग्दीबाट मुस्ताङतर्फ ल्याउँदै गरेको अवस्थामा म्याग्दी र मुस्ताङको सिमाना घाँसा स्थित चेकपोस्टमा ११४ केजी अखाद्य राँगाको मासु प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा—जोमसोम रुढमा चल्ने ना ७ ख ७२७० नम्बरको यात्रुबाहक बसको डिक्की पछाडी राखेर मुस्ताङ ल्याउँदै गरेको राँगाको मासु शुक्रबार म्याग्दी—मुस्ताङ सीमानाका प्रहरी चौकी घाँसाले नियमिति चेकजाँच गर्ने क्रममा अखाद्य राँगाको मासु नियन्त्रणमा लिएको हो ।
मासुजन्य खाद्य पदार्थको न्यूनतम ढुवानी मापदण्ड बिपरित बोरामा पोको पारेर ल्याउँदै गरेको अखाद्य राँगोको मासु प्रहरी चौकी घाँसाले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाएको प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिनुभयो ।
मानव स्वास्थ्यलाई प्रतिकुल हुने गरी अव्यवस्थित तवरले ढुवानी गरी मुस्ताङ ल्याउँदै गरेका मासुका धनी देवबहादुर तामाङको मासु प्रहरीले जफत गरी नष्ट गरेको प्रहरी निरीक्षक अधिकारीले उल्लेख गर्नुभयो ।
प्रहरी चौकी घाँसाले जिल्ला प्रहरी कार्यालयलाई समन्वय गरी जोमसोम पठाईएको अखाद्य राँगाको मासु पशु प्राविधिकसंगको समन्वयमा भेटनरी परीक्षण गरिएको थियो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पशु प्राविधिक सहायक मारिया सुनदासले परीक्षण गर्दा नियन्त्रणमा लिईएको मासु सबै खानको लागि अयोग्य प्रमाणित गरेका थिए ।
अखाद्य मासुजन्य पदार्थले मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जिल्ला बाहिरबाट मासुजन्य पदार्थ आयात गर्दा व्यवस्थित रुपमा भण्डार गरी ल्याउन समेत व्यवसायीहरुलाई सुझाएको छ ।
प्रहरीले नियन्त्रणमा लिई पशु प्राविधिकबाट खान अयोग्य प्रमाणित भएको अखाद्य मासु मुस्ताङको जोमसोम ल्याएर कालिगण्डकी नदी छेउ खाल्डो खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता