मुस्ताङ, ३, भदौं ।
हिमाली जिल्ला मुस्ताङ एक महिलामा डेंगु सक्रमण देखिएको छ । जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीय एक महिलामा डेंगु संक्रमण भएको मुस्ताङ स्थित प्रादेशिक जोमसोम अस्पतालले जनाएको छ ।
डेंगु संक्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिईन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ति महिलामा डेंगु रोगको संक्रमण देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डन डा. समिक्षा कडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी अस्पतालको उपचारपछि डिस्चार्ज भईसकेको उहाँको भनाई छ ।
चालु आर्थिक वर्षको सुरुवाती महिनामा यहाँ डेंगु रोग सक्रमण देखिएको यो पहिलो केस भएको मेडिकल सुपरिटेन्डन कडेलले जानकारी दिनुभयो । हिमाली जिल्ला मुस्ताङमा जिल्ला भित्रिने पर्यटकहरुकै माध्यमबाट यहाँ यसप्रकारको संक्रमणको जोखिम देखिने गरेको उहाँको भनाई छ ।एडिस एजिप्टाई लामखुट्टेको टोकाईबाट सर्ने यसप्रकारको डेंगु सक्रमण यहाँबाट बेसी जाने र बेसीबाट उकालो उक्लिन स्थानीयको आवतजावत लगायतका कारण पनि डेगु रोग देखा पर्ने गरेको मेडिकल सुपरिटेन्डन कडेलले प्रष्ट्याउनु भयो ।
यसअघि मुस्ताङ स्थित प्रदेश अस्पताल जोमसोममा आ.व. २०८०/०८१ मा ४ जना र आ.व. २०८१/०८२ मा १७ जना व्यक्तिमा डेंगु सक्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्यांकमा उल्लेख छ ।
गर्मीयाममा मानिसमा डेंगु रोग देखा पर्छ । तापक्रम वृद्धिका कारण लामखुट्टे जस्ता परिजीवीहरुको उत्पती हुने र त्यसको टोकाईबाट मानिसमा डेंगु सक्रमण हुने अस्पतालको भनाई छ । सामान्य प्रकारको जरो भन्दा तीव्र गतिको ज्वरो आउनु डेंगु रोगको लक्षण हो । यसप्रकारका लक्षण देखा परेमा तुरुन्तै स्वास्थ्य परीक्षण गर्नुपर्ने अस्पतालको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता