घरपझोङमा उवाको रक्सी ‘ब्रान्डिङ’ गरिने



जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिकाले स्थानीय उत्पादनसंगै रैथाने बाली उवाको घरेलु रक्सीलाई ब्रान्डिङ गरी बिक्री वितरणको व्यवस्था गर्ने भएको छ ।घरपझोङ गाउँपालिकाको १४ औं गाउँसभा अधिवेशनमा आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गर्दै अध्यक्ष लालचनले यस्तो जानकारी गराएका हुन् ।

गाउँपालिकाले लोपोन्मुख अवस्थामा रहेको स्थानीय रैथाने बालीको संरक्षण तथा प्रर्वद्धन गर्नका लागि  रैथाने बाली उवाको रक्सीलाई ब्रान्डिङ गर्ने नीति पालिकाले लिएको अध्यक्ष लालचनले गाउँसभामा सुनाए । यसले घरेलु मदिराको बिक्री वितरण तथा व्यवस्थापन, राजश्व वृद्धिका साथै स्थानीय कृषकहरुलाई थप रोजगारी सृजना गर्नमा समेत टेवा पुग्ने घरपझोङको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी घरपझोङको ५ वटै वडाहरुमा  एक वडा एक  कृष उपजको हब बनाउने गरी कार्यक्रममा ल्याउने उल्लेख छ । गाउँपालिकाले  बाली बैंक र बीउ बैंकको स्थापना गर्ने जनाइएको छ ।



प्रतिक्रिया