घोडा र आर्चरीको पुरस्कार बाढीपीडितलाई सहयोग घोषणा

मुस्ताङमा पुरस्कार रकम भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका राहतका लागि पाँच लाख पचास हजार रुपैया सहयोग गर्ने घोषणा गरिएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा  यार्तुङ पर्वको अवसरमा आयोजित कदम घोडा दौड प्रतियोगिता र आर्चरी प्रतियोगिताका सहभागीहरुले बिहिबार प्राप्त प्रतियोगिताका पुरस्कार रकम बाढी प्रभावित क्षेत्रको राहत कोषमा जम्मा गर्ने गरी सहयोग गर्ने जनाएका छन् ।

 जनप्रिय युवाक्लव मुक्तिनाथ मुस्ताङद्वारा आयोजित यार्तुङ पर्वको अवसरमा  घोडा दौड र आर्चरी लगायतका प्रतियोगिता बिहिबार साँझ सम्पन्न भएको हो । उक्त पुरस्कार वितरण तथा समापन कार्यक्रममा कदम घोडा दौड प्रतियोगिता र आर्चरी तर्फको पुरस्कार बाढी प्रभावित क्षेत्रलाई सहयोग गर्ने बताईएको हो ।

 कदम घोडा दौडमा च्याम्पियन बनेका मनाङका कान्छा गुरुङले आफुले पाएको नगद पुरस्कार तीन लाख पाँच सय पुरस्का  बाढी प्रभावितक्षेत्रलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।  यसैगरी कदम घोडा दौडतर्फ उपविजेता बनेका वारागुङ मुक्तिक्षेत्र—४ तिरीका स्थानीय न्हुर्बु गुरुङले पनि आफुले प्राप्त गरेको एक लाख २५ हजार पाँच सय पुरस्कार बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाउँनु भयो ।

 प्रतियोगिताको पुरुष आर्चरी तर्फ च्याम्पियन बनेका जनप्रिय युवाक्लव मुक्तिनाथले प्राप्त गरेको एक  लाख २५ हजार पुरस्कार बाढी प्रभावित क्षेत्रमा राहतका लागि खर्च गर्ने घोषणा गरेको छ । वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले मुक्तिनाथमा आयोजना भएको कदम घोडा दौडको प्रथम र दोश्रो हुने व्यक्तिको पुरस्कारसहित जनप्रिय युवाक्लवले प्रथम भई प्राप्त गरेको नगद पुरस्कार रसुवाको भोटेकोशीम आएको बाढी प्रभावित क्षेत्रमा सहयोग गर्ने घोषणा भएको बताउँनुभयो ।

वडाध्यक्ष गुरुङले बाढी प्रभावित क्षेत्रका लागि नेपाल सरकारको बाढी प्रभावित राहत कोषमा जम्मा गर्ने निर्णय भईसकेको बताउँनुभयो ।


प्रतिक्रिया