मुस्ताङका शिक्षाप्रेमी जयन्द्रलाल थकालीलाई घरपझोङको सम्मान


जोमसोम—शिक्षा क्षेत्रमा लामो समयसम्म योगदान पु¥याउन सफल मुस्ताङका शिक्षाप्रेमी जयन्द्रलाल थकाली  घरपझोङ गाउँपालिकाबाट सम्मानीत भएका छन् ।मुस्ताङको घरपझोङ गाउँपालिकाले आफ्नो पन्ध्रौ गाउँसभा अधिवेशनका क्रममा शिक्षाप्रेमी थकालीलाई भव्य सम्मान गरेको हो ।

घरपझोङको गाउसभा अधिवेशन समारोहमा पालिका अध्यक्ष मोहनसिंह लालचन, उपाध्यक्ष जमुना थकाली र प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले शिक्षाप्रेमी थकालीलाई संयुक्त रुपमा दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मानीत गरिएको हो । शिक्षाप्रेमी थकालीसंगै मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली र गाउँपालिकाको प्रतिक चिन्ह (लोगो)तयार गर्ने निरज थकालीलाई पनि सोही समारोहमा सम्मान गरिएको हो । लागो बनाउने थकालीले सम्मानसहित नगद २० हजार पुरस्कार समेत पाएका छन् ।

 मुस्ताङका शिक्षाप्रेमी जयन्द्रलाल थकाली जनहित माध्यमिक विद्यालयमा एसएलसी उर्तिण गरेर सोही विद्यालयमा  शिक्षण पेशामा कार्यरत थिए । शिक्षण पेशा छोडेर  जनहित माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पु¥याएका थिए ।

 सम्मानीत व्यक्तित्व शिक्षा प्रेमी थकालीले शिक्षा क्षेत्रमा निस्वार्थ भावले सेवा गर्दा त्यसको उचित कदर हुने कुरा गाउँपालिकाको सम्मानले प्रमाणित गरेको बताए । उनले राष्ट्र निर्माण  तथा भविष्यका कर्णधार उत्पादन गर्ने  शैक्षिक क्षेत्रमा आत्म विश्वास र निष्ठापूर्वक काम गर्न सबैलाई उत्प्रेरणा जगाउन यसप्रकारको सम्मान सबैमा टेवा पुग्ने बताए ।  जनहित माध्यमिक विद्यालयमा वर्तमान अवस्थासम्म ल्याई पु¥याउन आफु र विद्यालय परिवारले ठुलो मेहनत गर्नु परेको  गाउँसभा अधिवेशनको सम्मान कार्यक्रममा व्यक्त गरे ।

  शिक्षा प्रेमी थकालीले मुस्ताङको जनहित माध्यमिक विद्यालयमा १५ वर्ष शिक्षण पेशा र २७ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर महत्वपूर्ण कार्यभार सम्हालेका थिए । थकाली गत असोजमा  विद्यालयको व्यवस्थापन समितिबाट बिदा भएका थिए । उनी जनहित विद्यालयबाट २०२७ सालमा एसएलसी परीक्षा दिने पहिलो ब्याजका विद्यार्थी हुन् ।

उनी अध्यक्ष हुँदाको कार्यकालमा जनहित माध्यमिक विद्यालयलाई नमूना विद्यालयको रुपमा सुचिकृत गर्न सफल भएका थिए । विद्यालय नमूनामा परेपछि जनहितको शैक्षिक तथा भौतिक पूर्वाधार विकासमा निकै ठुलो प्रगती भईरहेको छ । उनकै कार्यकालमा जनहित स्कुलमा २०७६ सालदेखि प्राविधिक धारतर्फका सिभिल ईन्जिनीयरिङ कक्षा समेत सञ्चालन भईरहेको छ । उनकै कार्यकालमा धार्मिक अनुष्ठान तथा अन्य कार्यक्रम गरी जनहित तेज निरला क्याम्पस समेत स्थापना भएको छ । उनको पालामा जनहित विद्यालयका लागि करिव ९० लाख रकम मौज्याद संकलन गरी विद्यालयलाई आर्थिक रुपमा समेत सवल तुल्याएका छन् ।


प्रतिक्रिया