काठमाडौँ स् हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उत्साहप्रद नतिजा ल्याएको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपा एक्लैले १२५ सिट जित्दै ठूलो दलका रूपमा उदाएको मात्रै छैन, समानुपातिकतर्फ पनि लोकप्रिय मत ल्याइरहेको रास्वपा दुईतिहाइ नजिक पुगेको छ।
रास्वपाले देशका विभिन्न ३९ जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित निकाल्दै ‘क्लिन स्वीप’ नै गरेको छ। प्राप्त परिणामअनुसार रास्वपाले कोशी प्रदेशका झापा, मोरङ, मधेशका सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सामा क्लिन स्वीप गरेको छ।
यस्तै बागमती प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, मकवानपुर, चितवन, गण्डकीको तनहुँ, कास्की, बागलुङ, नवलपरासी ९पूर्व०, लुम्बिनीको नवलपरासी ९पश्चिम०, रुपन्देही, दाङ, बर्दिया, सुदूरपश्चमको कैलाली र कञ्चनपुरलगायत जिल्लाका सबै निर्वाचन क्षेत्र रास्वपाले जितेको छ।
झापाका पाँचै, मोरङका सबै ६, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन्। त्यसैगरी काठमाडौंका १० वटै निर्वाचन क्षेत्र जित्दै राजधानी क्षेत्रमा पनि रास्वपाले बलियो उपस्थिति देखाएको छ। ललितपुरका तीनै तथा भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा पनि रास्वपाले जित हात पारेको छ।
त्यस्तै चितवनका तीनै, तनहुँका दुई, कास्कीका तीन, बागलुङका दुई, नवलपरासी ९पूर्व० का दुई, नवलपरासी ९पश्चिम० का दुई तथा रूपन्देहीका पाँचै निर्वाचन क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्। दाङका तीनै, बर्दियाका दुई, कैलालीका पाँचै र कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ।
दुई(दुई निर्वाचन क्षेत्र रहेका उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, स्याङ्जा, नुवाकोट र गोरखामा पनि रास्वपाले सबै सिट जितेको छ। यसैगरी एक मात्र निर्वाचन क्षेत्र रहेका ओखलढुङ्गा, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, डडेल्धुरा र बैतडीमा पनि रास्वपाका उम्मेदवार विजयी भएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता