‘प्रचण्ड’ मुस्ताङ आउने
जोमसोम— नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ माओवादी केन्द्रको जनजागर अभियानका क्रममा मुस्ताङ आउने भएका छन् । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी मुस्ताङले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिईएको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’को मुस्ताङ भ्रमणको उद्देश्य र कार्यतालिका लगायतका बिषय यहाँका स्थानीय पत्रकारहरुलाई प्रेस मिट कार्यक्रम मार्फत जानकारी गराईएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय कमिटी सदस्य कपिल लामा, माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य एवं समन्वय समिति संयोजक धिरेन्द्र ल्वागुन, गण्डकी प्रदेश कमिटी सदस्यहरु ङुटुक गुरुङ (टाईगर), जैकला विक. र विश्वप्रेम गुरुङ लगायतको उपस्थिती पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’को आसन्न मुस्ताङ भ्रमण बारेमा मुस्ताङका पत्रकारहरुलाई जानकारी गराईएको हो ।
पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ जेठ २७ गते (मंगलबार) पोखराबाट सडकमार्ग हुँदै मुस्ताङ आउने कार्यतालिका रहेको पार्टीका सचिवालय सदस्य धिरेन्द्र विकले जानकारी दिनुभयो । जनतासंग माओवादी जनजागरण अभियानका क्रममा जनतासंग साक्षात्कार गर्न पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ मुस्ताङ आउने योजना रहेको सचिवालय सदस्य विकले उल्लेख गर्नुभयो ।
माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले जेठ २८ गते (बुधबार) जनजागरण अभियानका क्रममा मुस्ताङका ५ वटै पालिकाका पालिका कमिटी सदस्यहरुलाई शपथग्रहण तथा पार्टी प्रशिक्षण गराउने कार्यतालिका रहेको छ । सोही दिन जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुसंग छलफल तथा अन्तरक्रियाँका साथै सरकारी कार्यालयका प्रमुखलाई निर्देशन दिनुहुनेछ ।
त्यस लगत्तै फेरी नागरिक समाज मुस्ताङको अगुवाईमा जिल्ला स्थित संघसंस्था र सरोकारवालाहरुसंग जोमसोममा छलफल तथा अन्तरक्रियाँ कार्यक्रममा पार्टी अध्यक्ष ‘प्रचण्ड’ सहभागि हुने कार्यतालिका रहेको प्रदेश कमिटी सदस्य ङुटुक गुरुङ (टाईगर)ले जानकारी दिनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’को सम्मानमा साँझ स्थानीय सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।
माओवादी अध्यक्ष ‘प्रचण्ड’ले त्यसको भोलीपल्ट जेठ २९ गते बुधबार बिहान घरपझोङ—३ स्याङबाट जोमसोम स्थित कालिगण्डकी मोटरेबल पुलसम्म मर्निङ वाक गर्नुहुनेछ ।
त्यस लगत्तै पार्टी अध्यक्ष ‘प्रचण्ड’ले मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोमदेखि एक किलोमिटर उत्तरतर्फको भ्रप्सामा निर्माण गरिने नेकपा माओवादी केन्द्र मुस्ताङको पार्टी कार्यालय भवनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले शिलन्यास गर्नुहुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली