मुस्ताङमा सामाजिक विकास कार्यालयद्वारा अपांगता सहायता सामाग्री हस्तान्तरण

मुस्ताङमा सामाजिक विकास कार्यालयद्वारा अपांगता सहायता सामाग्री हस्तान्तरण

मुस्ताङमा शारिरीक रुपमा अशक्त र अपांगता भएका व्यक्तिलाई वितरण गर्ने गरी अपांगता सहायता सामाग्री पालिकालाई हस्तान्तर गरिएको छ । सामाजिक विकास कार्यालय मुस्ताङले मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयलाई सोमबार अपांगता सहायता सामाग्री हस्तान्तरण गरेको हो ।

 मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयमा आयोजित अपांगता सहायता सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसाल , वडाध्यक्ष यमप्रसाद थकाली र महिला बालबालिलका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता थकाली लगायतको रोहबरमा अपांगता सहायता सामाग्री हस्तान्तरण गरिएको हो । सामाजिक विकास कार्यालय मुस्ताङका प्रमुख रेवतीरमण सापकोटाले घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारी समक्ष अपांगता सहायता सामाग्री हस्तान्तरण गरिएको सामाजिक विकास कार्यालय मुस्ताङले जनाएको छ ।

 सामाजिक विकास कार्यालय मुस्ताङले चालु आ.व.को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकाको मागको आधारमा उक्त अपांगता सहायता सामाग्री हस्तान्तरण गरेको हो । सामाजिक विकास कार्यालय मार्फत  शारिरीक रुपमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोगका लागि ५ थान ह्वील चियर, ८ थान चर्पी चियर,  ईअर एड ७ थान र फोल्डिङ लठ्ठी ३७ थान घरपझोङ गाउँपालिकालाई हस्तान्तरण गरेको सामाजिक विकास कार्यालयका प्रमुख रेवतीरमण सापकोटाले जानकारी दिनुभयो ।

 चालु आ.व.को वार्षिक स्वीकृत कार्यक्रम अनुसार जिल्लाका पाँचै वटा स्थानीय तहको मागका आधारमा अपांगता सहायता सामाग्री हस्तान्तरण गरिने कार्यालय प्रमुख सापकोटाको भनाई छ । घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले सामाजिक विकास कार्यालय मार्फत प्राप्त अपांगता सहायता सामाग्री सम्वन्धित व्यक्तिलाई वितरण गरिने जानकारी दिनुभयो ।———


प्रतिक्रिया