आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको निर्वाचन सामग्री मुस्ताङ आईपुगेको छ । निर्वाचन आयोगले पठाउने मतपत्रसहित पन्ध्र प्रकार निर्वाचन सामग्री मध्ये १३ प्रकारका निर्वाचन सामग्री सोमबार मुस्ताङ आईपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदाता नामावली, निर्वाचन तालिम प्रयोजनमा प्रयोग हुने मतपेटिका सुरक्षण सिल, रबरको स्वस्तिक छाप,मतपेटिका स्टिकर, पित्तलको स्वस्तिक छाप, स्ट्याम्प प्याड र मसी, मतदान स्थल छेकाबार, स्ट्याम्प प्याड र सम्वन्धित ऐन,नियम,निर्देशिका र निर्वाचन आचारसहिंता लगायत सामग्री मुस्ताङ आईपुगेको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
मुस्ताङमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ स्थित जिल्ला निर्वाचन कार्यालयमानै मतपेटिका बाकस मौजाद रहेकोले आयोग समक्ष माग नगरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञवालीको भनाई छ । आयोगले पठाउने निर्वाचन सामग्री मध्ये मतपत्र बाहेकका सामग्री उपलब्ध भएको र निर्वाचनलाई चाहिने मतपत्र आयोगले केहीदिनमा हेलिकोप्टर मार्फत पठाउने योजना रहेको निर्वाचन अधिकारी ज्ञवालीले उल्लेख गर्नुभयो ।
यसैगरी फागुन २१ गते हुने घोषित निर्वाचनका लागि जिल्ला निवाचन कार्यालय मुस्ताङले ३६ प्रकारका निर्वाचन सामग्री खरिदका लागि मुस्ताङ स्थित खाद्यसस्थानसंग ठेक्का सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार ३६ प्रकारका निर्वाचन सामग्री मध्ये ३० प्रकारका निर्वाचन सामग्री जिल्ला निर्वाचन कार्यालयलाई प्राप्त भईसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालय अनुसार खाद्य संस्थानबाट उपलब्ध हुने निर्वाचन सामग्री मध्ये लाहा,स्ट्याम्पर मेशिन, स्ट्याम्पर पिन,धागो,सियो र खाप्सियो लगायत निर्वाचन सामग्री प्राप्त हुन बाँकी रहेको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता