जोमसोम— मुस्ताङको अधिकाँश गाउँहरुमा सडकसंगै संञ्चार सुविधाको पहुँच पुगिसक्दा यहाँको एक वस्ती छ जहाँ अझै पनि संञ्चार सुविधाको पहुँच पुग्न सकेको छैन । हिमाली जिल्ला मुस्ताङ र डोल्पाको सीमावर्ती क्षेत्र वारागुङ मुक्तिक्षेत्र —५ साङ्ता गाउँमा संञ्चारको पहुँच पुग्न नसकेको हो ।
जोमसोमदेखि उत्तर÷पञ्चिम करिव ४० किलोमिटरको दुरीमा रहेको मुस्ताङको साङ्गा गाउँ एक गुमनाम वस्ती हो । समुन्द्री सतहको झन्डै ४ हजार ५ सय मिटरको अग्लो उचाईको कच्ची सडकमार्गको दुरी तय गरेपछि मुस्ताङको साङ्ता गाउँ पुगिन्छ । मुस्ताङ र डोल्पाको सीमाक्षेत्रको भिरालो सतहका अवस्थित साङ्ता गाउँमा संञ्चारको सुविधा उपलब्ध नहुँदा त्यहाँका नागरिकहरुले विभिन्न कठिनाईहरु झल्दै आईरहेका छन् ।
वारागुङ मुक्तिक्षेत्र—५ का वडासदस्य एवं साङ्ता गाउँको स्थानीय नागरिक छिरिङ पाल्साङ गुरुङले मुस्ताङका सबै गाउँहरुमा संञ्चारको पहुँच पुगेपनि आफ्नो गाउँमा अझै संञ्चार सुविधा विस्तार हुन नसकेको दुःखेसो सुनाए । वर्षौवर्षदेखि हाम्रो गाउँमा संञ्चार सुविधाबाट बञ्चित रह्यो, अब त मुस्ताङको सबै ठाउँमा संञ्चारको पहुँच पुगिसक्यो ,वडासदस्य गुरुङले थपे,‘ अब त हाम्रो गाउँका लागि पनि संञ्चार सुविधाको व्यवस्था गरिदिए हुन्थ्यो, तर खै के कारणले हाम्रोमा अझै संञ्चार सुविधा विस्तार हुन सकिरहेको छैन ।’ वडासदस्य गुरुङले गाउँमा मोवाईल फोनको टावर जडानको लागि पटक÷पटक सम्वन्धित निकायलाई आग्रह गरेको भएपनि हालसम्म पनि टावर जडानमा विलम्व भईरहेको उल्लेख गरे ।
मुस्ताङको विकट स्थानमा रहेको साङ्ता गाउँका नागरिकहरु संञ्चार सुविधा नहुँदा सूचना÷सन्देश आदान÷प्रदान गर्न र ईमेल ईन्टरनेट जस्ता प्रविधियुक्त सुविधा प्राप्त गर्नबाट बञ्चित रहनु परेको हो । उपल्लो डोल्पा र मुस्ताङको मुख्य कनेक्टिभिटीको रुपमा मुस्ताङको साङ्गा गाउँपछि । उपल्लो डोल्पाका नागरिक र विदेशी पर्यटकहरु साङ्ता गाउँको बाटो हुँदै आवतजावत गर्नुपर्ने हुन्छ । उपल्लो डोल्पाका नागरिक मुस्ताङ आउदा र फर्किदा खाना खाने र बस्ने ट्रान्जिट पोईन्टको रुपमा साङ्ता गाउँ पर्ने भएपनि टेलिफोन र मोवाईल फोनको सुविधा नहुँदा सामान्य रुपमा चलाईएको होटलहरुले पाहुनासंग संञ्चार सम्पर्क गर्न सक्तैनन् । जसका कारण साङ्ता गाउँका नागरिकले पर्यटन व्यवसायबाट फाईदा लिन सकेका छैनन् ।
साङ्ता गाउँका नागरिकलाई टेलिफोन सुविधा नहुँदा सबैभन्दा समस्या कुनै आपत्कालिन बिरामी पर्दा स्वास्थ्य उपचारमा निकैनै चुनौती र समस्या हुने गरेको वडासदस्य छिरिङ पाल्साङ गुरुङले उल्लेख गरे ।‘ हाम्रो गाउँमा सडक भएपनि हिउँदमा हिउँका कारण सवारी चल्दैन, बर्खायाममा पनि गाउँमा सवारी साधन चल्ने व्यवस्था छैन ,वडासदस्य गुरुङले भने,‘ गाउँमा फोन टिप्दैन , जरुरी फोन गर्नु प¥यो भने, ३ घण्टा पैदल हिडेर लेंकमा पुगेर फोन गर्नुपर्छ ।’ वडासदस्य गुरुङले गाउँमा स्वास्थ्य चौकी नभएको र एक जना स्थानीय स्वास्थ्य स्वंयसेविकाको भरमा पर्नुभएकाले समस्या पर्ने गरेको सुनाए । उनले कसैलाई फोन गर्नुपरे लेंकमा पुग्नु पर्ने बाध्यता रहेको जनाए ।
बर्षौदेखि बिद्युत र संञ्चार समस्या झेल्दैआईरहेको मुस्ताङको साङ्ता गाउँमा गाउँपालिकाको पहलमा एक साताअघि मात्रै सौर्य उर्जा बिजुलीको पहुँच विस्तार भएको वडाध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । साङ्ता गाउँको मुख्य समस्या बिद्युत र संञ्चार थियो,हामीहरुकै पहलमा त्यहाँ सौर्यउर्जा बिजुली पु¥याएका छौं, यो पनि त्यहाँको लागि ठुलो उपलब्धि हो,वडाध्यक्ष गुरुङले भने,‘ अब मोवाईल फोनको टावर मात्रै पु¥याउन सकेमा त्यहाँको न्यूनतम मुख्य समस्या समाधान हुने थियो,हामी निरन्तर त्यहाँको फोन टावर विस्तार गर्ने पहलमा जुटिरहेका छौं ।’ मुस्ताङ साङ्ता गाउँमा सौर्य उर्जा बिजुली जडानपछि साङ्ता गाउँलाई आशिंक राहत पुगेको वडाध्यक्ष गुरुङको भनाई । बिद्युत र संञ्चार नहुँदा साङ्ता गाउँका नागरिकले देशविदेशका खबर थाहा पाउन मुश्किल पर्ने गरेकोमा अब टेलिभिजनबाट समाचार थाहा पाउने सुविधा मिलेको वडाध्यक्ष गुरुङले खुलाए ।
सदिंयौ वर्ष पुरानो साङ्ता गाउँ राज्यले भने २०५४० को दशकतिर पत्ता लगाएको हो ।मुस्ताङ —डोल्पा सीमावर्ती गाउँमा मानव वस्ती रहेको पत्ता लागेपछि त्यहाँका नागरिकहरुलाई सरकारी अभिलेखमा समावेश गरिएको थियो । यो वस्ती शताब्दी अघि हालको बस्ती भन्दा पारी भिरालो सतहमा थियो । त्यहाँ पानीको मुहान सुकेपछि खानेपानी र सिचाईको अभाव भएपछि साङ्ता गाउँ हाल रहेको स्थानमा स्थान्तरण भएको थियो ।
अभाव र अशिक्षालाई झेलिएको मुस्ताङको साङ्ता गाउँमा १३ घरधुरीका करिव ७०÷८० जना नागरिक बस्छन् । सामान्य खेतीपाती र पशुपालन व्यवसाय अपनाउँदै आईरहेको साङ्ता गाउँमा ३ तहको सरकार पनि आकुल झुकल मात्रै उपस्थित हुने गरेको स्थानीय बताउँछन् । पुरानो र प्राचिन शैलीले ढुंंगा र माटो निर्मित गुजमुच्च एकआपसमा जोडिएका घरहरुले त्यहाँका गरिवी र अशिक्षालाई चित्रित गर्छ । गाउँमा भएका बालबालिकालाई दाताले निःशुल्क पढाईदिने भएकाले त्यस गाउँमा अहिले २ जना मात्रै नाबालक छन् । गाउँका बालबालिकाहरुलाई दाताले पोखरा,जोमसोम र लुप्रा गाउँको स्कुलमा पढाईदिएकाले त्यहाको आधारभुत विद्यालय पनि बन्द भईसकेको छ । गाउँको खेती किसान र पुशपालनले जेनतेन गुजार चलाउन मात्रै पुग्ने गरेको छ ।
साङ्ता गाउँमा संघीय सरकार अन्र्तगत सडक डिभिजन कार्यालय बाग्लुङले सडक विस्तार गरेको भएपनि सडक थप स्तरोन्नति नहुँदा र सवारी साधन नचल्दा दैनिक आवतजावत र मालसामान ढुवानीमा समस्या पर्ने गर्छ । हिउँदयाममा हिमपात पर्ने भएकाले त्यहाँको सडक मंसिरदेखि फागुन चैत्रसम्म पूर्ण रुपमा बन्द हुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता