जोमसोम—हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा दादुरा—रुवेला रोग विरुद्धको खोप अभियान सुंरु भएको छ । हिमपात र अत्यधिक चिसोका कारण रोकिएको दादुरा—रुवेला रोग विरुद्धको खोप अभियान सोबबार देखि संञ्चालन भएको हो ।
दादुरा रुवेला रोग विरुद्धको राष्ट्र व्यापी खोप अभियानको स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशले फागुन १३ गतेदेखि सूरु गरेपनि हिमाली जिल्ला मुस्ताङ र मनाङमा यो अभियान संञ्चालन प्रतिकुल मौसमका कारण दुई साता ढिलाई हुन पुगेको हो । स्वास्थ्य कार्यालय मुस्ताङले चिसो र हिमपात छल्न बेसी झरेका नागरिकहरु जिल्ला नफर्किसकेकाले दादुरा—रुवेला खोप अभियान ढिलो हुन पुगेको बताएको छ ।
मुस्ताङमा आयोजित दादुरा —रुवेला रोग विरुद्धको खोप अभियानको स्वास्थ्य निर्देशानालय गण्डकी प्रदेशका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेल र जिसस प्रमुख माया गुरुङले संयुक्त रुपमा उद्घाटन गरे । उनीहरुले खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई भ्याक्सिनेटर र किट र स्वास्थ्य उपकरण हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो ।
प्रत्येक ४÷४ वर्षको फेरोमा दादुरा—रुवेला खोप अभियान संञ्चालन हुने स्वास्थ्य निर्देशानालय गण्डकीका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले उल्लेख गरे । उनले हिमाली जिल्ला मुस्ताङ र मनाङमा बुधबारदेखि एकैसाथ दादुरा—रुवेला खोप अभियान सुरु भएको जानकारी दिए । नेपालमा दादुरा—रुवेला रोग विरुद्ध ८० प्रतिशत बालबालिका खोपको पहुँचमा जोडिएको भएपनि २० प्रतिशत बालबालिकाले खोपबाट बञ्चित रहेको उनले बताए । जसमध्ये ४ प्रतिशतले कुनै पनि खोप नलगाएको र १६ प्रतिशत बालबालिकाले कुनै न कुनै रुपमा खोप मात्रा पुरा नगरेको निमित्त महानिर्देशक पौडेलको भनाई छ ।
गण्डकी प्रदेशको नवलपुरमा मात्रै ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा —रुवेला खोप लगाईएको प्रदेशका १० जिल्लामा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा —रुवेला खोप अभियान संञ्चालन भईरहेको निमित्त महानिर्देशक पोडेलले बताए । भारतमा दादुरा—रुवेला रोग संक्रमण बढ्दो रहेकाले सरकारले दक्षिणका सीमावर्ती क्षेत्रहरुमा १५ वर्ष मुनिका बालबालिकालाई दादुरा—रुवेला खोप अभियानमा समेट्नु परेको उनले जनाए ।
दादुरा—रुवेला राष्ट्र व्यापी खोप अभियानमा कुनै बालबालिका बञ्चित हुन नपरोस् भन्ने हेतुले स्वास्थ्य कार्यालय मुस्ताङले जिल्ला ,पालिका र वडा तहको खोप समन्वय समितिलाई अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो । यसैगरी खोप अभियानलाई पूर्ण रुपमा सफल बनाउन स्थानीय संञ्चारकर्मीलाई समेत प्रचार—प्रसारमा सहयोग पू¥याउन कार्यक्रम गरी आह्वान गरेको थियो ।हिमाली जिल्ला मुस्ताङका ५ स्थानीय तहमा ६१२ जना बालबालिकाहरुलाई खोप लगाउने कार्यक्रम छ । खोप अभियानका लागि जिल्लाका ५ स्थानीय तहको २९ वटा खोप केन्द्रमा दादुरा —रुवेला खोप अभियान संञ्चालन हुने बताए । अभियान अन्तर्गत जिल्लाका २९ खोप केन्द्रमा २९ जना भ्याक्सिेनेटर,४० जना स्वसेवक र ५८ जना एईएफआई टोली परिचालन हुनेछन् ।
स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लाको थासाङमा फागुन २९ र ३० गते,घरपझोङमा फागुन २८ र ३० गते, वारागुङ मुक्तिक्षेत्रमा फागुन २९,३० र चैत्र १ गते,लोघेकर दामोदरकुण्डमा फागुन ३० र चैत्र १ गते र लोमान्थाङ गाउँपालिकामा चैत्र १ र २ गते गरी लगातार ५ दिनसम्म दादुरा —रुवेला खोप अभियान संञ्चालन हुने बताएको छ । राष्ट्र व्यापी खोप अभियानमा भई सबै बालबालिकालाई सरिक गराई नेपालबाट दादुरा—रुवेला रोग उन्मुलन तथा निवारणमा योगदान पू«¥याउन सबै सरोकारवालाहरुले सहकार्य गर्न अपिल गरे ।

खोप अभियानलाई भव्य र सम्य रुपमा सफल बनाउन स्वासथ्यकर्मी,स्वासथ्य स्वयंसेविका,जनप्रतिनिधि, विद्यालयका शिक्षक,प्रहरी र प्रशासन र पत्रकारहरुसंग समन्वय र सहकार्य गरिएको छ । दादुरा —रुवेला खोप अभियान अन्तर्गत मुस्ताङमा घरपझोङ गाउँपालिकाका ४ वटा खोप केन्द्रबाट एकैसाथ सुभारम्भ गरिएको हो ।घरपझोङ गाउँपालिकाको जोमसोम स्थित मुस्ताङ अस्पताल,स्याङ,छैरो र चिमाङ स्वास्थ्य चौकीहरुमा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा—रुवेला खोप अभियान संञ्चालन गरिएको हो । अभियानका क्रममा यसअघि अन्य खोप लगाउन छुटेका बालबालिकाहरुलाई पनि खोप दिईने स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । बालबालिकाहरुलाई दादुरा—रुवेला खोप लगाउन आउने अभिभावकहरुको मुस्ताङ अस्पताललमा निकै ठुलो भीडभाड थियो । घरपझोङका ४ वटै स्वास्थ्य केन्द्रमा खटिने स्वास्थ्यकर्मीले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई दादुरा—रुवेला खोप लगाए । घरपझोङमा बुधबार पनि खोप अभियान संञ्चालन हुनेछ ।
दादुरा—रुवेला रोग एक सक्रामक रोग हो । यो रोग लागेपछि बालबालिका सिकिस्त बिरामी हुन्छन् । यो रोग लागेपछि बालबालिकाको ज्यानै समेत जाने जोखिम हुन्छ । यो रोगबाट बच्न भरपर्दो उपाय भनेकै दादुरा —रुवेला खोप लगाउनु हो । ९ महिनादेखि १५ महिना मुनिका बालबालिकालाई २ पटकसम्म दादुरा—रुवेला रोग विरुद्ध खोप लगाउनु पर्ने हुन्छ ।


२८ फाल्गुण २०८०, मङ्गलबार १२:४७ मा प्रकाशित
421
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली