जोमसोम—हिमाली जिल्ला मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई कारवाही गर्दा प्रथम चौमासिकमा ७ लाख ६१ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि कार्तिक २४ गतेसम्ममा ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारवाही गर्दा उक्त रकम संकलन भएको हो ।
मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले मुस्ताङमा सवारी र्दुघटना न्यूनिकरण गर्न तथा मापासे र प्रयोजन विपरित सवारी चलाउनलेलाई कारवाही प्रक्रिया अघि बढाईएको बताए । डिएसपी बोगटीका अनुसार साउनदेखि कार्तिक २४ गतेसम्ममा ५३२ वटा सवारी साधनलाई कारवाही गर्दा ५ लाख ७५ हजार ५ सय राजश्व संकलन भएको छ । यसैगरी चालु वर्षको ४ महिनामा प्रयोजन विपरित सवारी चलाउने ९३ वटा सवारी साधनलाई कारवाही गर्दा १ लाख ८६ हजार राजश्व उठेको छ । मापासे गरी सवारी चलाउने १ जनालाई कारवाही गरिएको र सो वापत ५ सय रुपैया राजश्व संकलन भएको डिएसपी बोगटीले बताए ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङले कार्तिक महिनाको २४ दिनको अवधिमा मात्रै प्रयोजन विपरित सवारी चलाउने ५६ वटा सवारीसाधनलाई कारवाही गर्दा १ लाख १२ हजार राजश्व उठाउन सफल भएको डिएसपी बोगटीको भनाई छ । चालु वर्षको साउनमा ७५ वटा सवारी साधनलाई कारवाही गर्दा ७१ हजार ५ सय ,भदौमा १०६ सवारीलाई कारवाही गर्दा ९० हजार ५ सय,असोजमा १८१ वटा सवारीलाई कारवाही गर्दा २ लाख ९ हजार र कार्तिक महिनाको २४ गतेसम्म १७० सवारीलाई कारवाही गर्दा २ लाख ४ हजार ५ सय राजश्व संकलन भएको हो ।
यसअघि २०७७/०७८ देखि २०८०/०८१ सम्ममा जिल्ला ट्राफिक कार्यालय मुस्ताङले कुल १ करोड ४३ लाख ४३ हजार रुपैया राजश्वक संकलन गरेको थियो । जसअन्तर्गत प्रयोजन विपरित सवारी चलाउने ३ हजार २४९ वटा सवारीलाई कारवाही गर्दा ३७ लाख ९३ हजार ५ सय ,मादक पदार्थ सेवन गरी सवारी चलाउने ४० वटा सवारी साधनका चालकलाई कारवाही गर्दा ५ ९ हजार रुपैया ट्राफिक राजश्व संकलन भएको थियो । अन्य कारवाहीमा १२ हजार १९७ वटा सवारी साधनलाई कारवाही गर्दा १ करोड ५ लाख ३ हजार ट्राफिक राजश्व संकलन भएको थियो ।
राष्ट्रिय गौरवको (बेनी—जोमसोम—कोरला) सडक सहज हुँदै जान थालेपछि मुस्ताङमा ट्राफिक निगरानीलाई कडाईका साथ कार्यान्वयनमा ल्याईएको छ । म्याग्दी हुदै मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई ट्राफिक प्रहरीले ओभर स्पीड, ओभरटेक, सडकको अवस्था,सवारी जाँच गरी यात्रा र सडकको जहाँ पायो त्यही सवारी पार्किङ गरेर फोटो खिच्ने लगायतलाई व्यवस्थित गर्दै पर्यटकको यात्रा सहज बनाउन क्रियाशील रहेको डिएसपी बोगटीले उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले चालक सर्तकता अभियानलाई समेत प्राथमिकता दिएको छ । सवारी साधन चलाउँदा सडकको अवस्था अध्ययन तथा बुझेर सवारी चलाउन र सवारी र सडकको नियम पालना गर्न अनुरोध गर्ने गरेको छ । प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक कार्यालयले चालक तथा सहचालकसंग १ मिनेट कार्यक्रम र पर्यटक तथा यात्रुसंग २ मिनेट कार्यक्रमको सुरुवात गरेको छ । मुस्ताङ भित्रिदै गरेका सवारी साधनलाई लेंक लाग्ने समस्या (अच्टिच्युड)का बारेमा जानकारी गराएर सुरक्षित यात्रा गर्न सुझाउने गरेको छ ।
२८ कार्तिक २०८१, बिहिबार ०८:३२ मा प्रकाशित
373
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता