बेनी—जोमसोम सडक सास्ती




जोमसोम ।

बर्खायाममा उत्तरी÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको ७४ किमी (बेनी —जोमसोम ) सडक सधैंको सास्ती हुने गरेको छ । म्याग्दीको कमजोर भूबनोटका कारण सडक माथिबाट पहिरो खस्दा बेनी—जोमसोम सडक पटक÷पटक अवरुद्ध हुने गर्छ ।

उत्तरी चिनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको कोरलानाका जोड्ने बेनी—जोमसोम सडकमा वर्षातका कारण नदी कटान,बाढी पहिरोले बर्सेनि बर्खायाममा मुस्ताङ आवतजावत गर्ने पर्यटक तथा सर्वसाधारणलाई निकै दुःख दिने गरेको छ ।

यहाँको कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम सडक चार खण्डमा निर्माण गर्ने गरी २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको थियो । जसमध्ये मुस्ताङको कैकुदेखि खन्तीसम्मको सडक सम्पन्न भई आयोजनालाई हस्तान्तरण हुँदा बाँकी तीन घण्टा निर्माधिन अवस्थामै छ । म्याग्दीको कमजोर धरातलका कारण सडक निर्माणकार्य चुनौतीपूर्ण छ । बर्खायाममा म्याग्दीको दर्जनौ स्थानमा ठाउँठाउँमा पहिलो खस्दा मुस्ताङ यात्रा गर्ने पर्यटकले निकै ठुलो सास्ती पाउँने गरेको मुस्ताङका स्थानीय युवा निरज थकालीले उल्लेख गर्नुभयो । उहाँका अनुसार विगतको तुलनामा सडक संरचनामा सुधार हुँदै गईरहेको भएपनि मनसुनको समयमा म्याग्दी क्षेत्रमा पहिरो खस्ने क्रममा निरन्तर रहँदा यहाँ चल्ने सवारी तथा यात्रुबर्गलाई निकै ठुलो समस्या हुने गरेको बताए ।

आयोजन प्रमुख ध्रुव झाले बेनी—जोमसोम सडकमा पहिरोका कारण समस्या उत्पन्न हुने गरेको बताउँनुभयो । म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम र सडक स्तरोन्नति लगायतका कार्य बाँकी रहेकाले क्रमश सुधार हुँदै जाने आयोजना प्रमुख झाको भनाई छ । ‘‘म्याग्दीको गुईठे भीर,खाम भित्ता र बैसरीमा पहिरो रोकथामका लागि एङ्करेज ब्लग निर्माण भएको छ, त्यहाँ अझै केही पहिरो रोकथामका आशिंक काम गर्न बाँकी रहेको,’आयोजना प्रमुख झाले भन्नुभयो,‘ म्याग्दीको सिरुबारी र सुकेबगर लगायतका स्थानमा पहिरो रोकथाम गर्न टेन्डर लगाईएको थियो, तर, त्यहाँको टेन्डरमा कसैको परेन ।’’

यसैगरी राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत पर्वतको मालढुंगादेखि बेनीसम्मको १३ किमी सडकको दुई स्थानमा पहिरो खस्ने समस्या रहेको बताउँनुभयो । त्यहाँ पनि पहिरो रोकथामका लागि नयां ठेक्का लगाईने प्रक्रिया अघि बढिसकेको आयोजना प्रमुख झाले उल्लेख गर्नुभयो ।

 कोरला सडक अन्तर्गत बेनी—जोमसोमको म्याग्दी खण्डमा पर्ने रघुगंगा गाउँपालिका—२ को बैसरी र अन्नपूर्ण गाउँपालिका÷.—३ सुकेबगरमा जारी मनसुनमा तीन÷चार पटकसम्म पहिरो गएको आयोजनाका सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । यसैगरी म्याग्दी खण्डको अन्नपूर्ण—६ भिरकाटे,अन्नपूर्ण—३ रुप्से,अन्नपूर्ण—२ तातोपानी र अन्नपूर्ण—३ गुईठे लगायतका आधा दर्जन स्थानमा पहिरोले सडक अवरुद्ध हुने गरेको सुपरभाईजर शेरचनको भनाई छ ।

मनसुन कारण म्याग्दी खण्डमा पहिरो सफा गरी सडक संञ्चालनमा आएको भएपनि मंगलबार (आज) केहीबेर अघि मात्रै मुस्ताङको थासाङ—४ को घाँसा पुछारमा पहिरो खस्दा सडक बेनी—जोमसोम सडक पुन अवरुद्ध हुन पुगेको सुपरभाईजर शेरचनले जानकारी दिनुभयो ।

यता मुस्ताङ स्थित जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले मनसुन  जन्य प्रभावका कारण बाढी पहिरोको जोखिम कायमै रहेको भन्दै रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसालले अर्को सूचना नभएसम्म दैनिक साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म घाँसा—बेनी सडकमा सवारी नलचाउन निर्देशन दिएको बताउँनुभयो ।


प्रतिक्रिया