जोमसोम— वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवा जारी यार्तुङ सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत अमित बिल्डर्स र थोरङ्पास युवाक्लव खिङ्गा फाईनलमा प्रवेश गरेका छन् । यी दुई टिम बिच सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि भिडन्तका लागि आमने÷सामने हुँदैछन् ।
बिहिबार बिहान भएको यार्तुङ सेभेन ए साईड फुटबल प्रतियोगिताको पहिलो सेमीफाईनल खेलमा थोरङ्पास युवाक्लव खिङ्गाले एवाईसी मनाङलाई (२—०) गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो । खिङ्गाका लागि जर्सी नं. १७ का झप्याङ गुरुङ र जर्सी नं. १० का रोशन लिम्बुले समान एकएक गोल गरेका थिए ।
यसैगरी यार्तुङ सेभेन ए साईड फुटबल प्रतियोगिताको दोस्रो सेमीफाईनलमा अमित बिल्डर्सले छुसाङलाई (१—०) गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको छ । अमित बिल्डर्सका लागि जर्सी नं. मनिष श्रेष्ठले एक गोल गरेका थिए ।
यार्तुङ सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियनले नगद ७० हजारसहित सिल्ड,मेडल र प्रमाणपत्र पाउँनेछ । उपविजेताले नगद ४० हजारसहित मेडल र प्रमाणपत्र पाउँनेछ । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी र सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
यार्तुङ मेला २०८२ अन्तर्गत जनप्रिय युवाक्लव पुराङ रानीपौवाले सेभेन ए साईड फुटबल प्रतियोगिता संञ्चालन गरेको हो । प्रतियोगिताको ईमुस्ताङ न्युज डटकमले प्रत्यक्ष प्रशारण गरिहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली