पोखरामा जिल्ला स्तरीय (शिक्षक÷बिद्यार्थी) प्रतिभा पहिचान कार्यक्रम भएको छ । अत्यधिक चिसो र संम्भावित हिमपातको जोखिमका कारण जाडो छल्न बेसी झरेका माथिल्लो मुस्ताङका बिद्यालयहरुलाई लक्षित गरी यहाँको एकिकृत सेवा कार्यालय मुस्ताङले शुक्रबार पोखरामा शिक्षक ÷बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेको हो ।
एकिकृत सेवा कार्यालय मुस्ताङले १५ माघ महिनामा आयोजना गर्ने प्रदेश स्तरीय शिक्षक ÷बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रमलाई केन्द्रमा राखेर प्रतिभा छनौट गर्ने गरी पोखरामा प्रतिभा पहिचान कार्यक्रम आयोजना गरिएको हो । मुस्ताङको तल्लो भेंकका बिद्यालयहरुलाई हिउँदे बिदामा रहेको र माथिल्लो मुस्ताङका बिद्यालयहरु जाडो छल्न बेसीमा झरेका शिक्षक र बिद्यार्थीहरुको सहजताका लागि घुम्तीका लागि झरेको पोखरा स्थित दिव्यदीप माध्यमिक बिद्यालय बिजयपुरमा प्रतिभा पहिचानका लागि प्रतिभा छनौट कार्यक्रम गरिएको एकिकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिनभयो ।
पोखराको बिजयपुरमा आयोजित शिक्षक÷बिद्यार्थी पहिचान कार्यक्रममा मुस्ताङका एघार वटा बिद्यालयले सहभागिता जनाएका छन् । कार्यालयले मुस्ताङका शिक्षक तथा बिद्यार्थीहरुलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो ।
शिक्षक ÷बिद्यार्थी प्रतिभा पहिचानतर्फ शिक्षकहरुलाई ‘ज्ञान,विज्ञान,सीप, उद्यम र मौलिकताः साझेदारी र प्रणालीगत सक्ष्मता’ शिर्षकमा प्रतिस्पर्धा गराईएको थियो । यसैगरी बिद्यार्थीतर्फ ‘साईबर अपराध र यसबाट जोगिने उपायहरु’ शिर्षकमा वक्तृत्वकला मार्फत प्रतिस्पर्धा गराईएको एकिकृत सेवा कार्यालय प्रमुख दर्जीले उल्लेख गर्नुभयो ।
जिल्ला स्तरीय प्रतिभा पहिचान अन्तर्गत शिक्षक वक्तृत्वकलातर्फ थासाङ गाउँपालिका—३ लेते स्थित ज्ञानोदय माध्यमिकका शिक्षक शिव ढकाल प्रथम हुनुभएको छ । शिक्षक प्रतिभा पहिचानतर्फ लोमान्थाङ गाउँपालिका स्थित पाल एवं नाम्ग्याल गुम्बा (छोनुप)का शिक्षिका सरला ढुंगाना दोस्रो ,लोघेकर दामोदरकुण्ड—२ घिलिङ स्थित जनज्योति आधारभुत बिद्यालयका शिक्षक भवानी पाठक तेस्रो र लोमान्थाङ—२ छोसेर स्थित दिव्यदीप माध्यमिक बिद्यालयका शिक्षक राम किसन लोतले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो ।
यसैगरी जिल्ला स्तरीय प्रतिभा पहिचान अन्तर्गत बिद्यार्थी वक्तृत्वकलातर्फ पाल एवं नाम्ग्याल गुम्बा बिद्यालय लोमान्थाङका छात्र छेवा जेङदेन गुरुङ प्रथम, जननर्मल माध्यमिक बिद्यालय छुसाङका छात्रा तनुजा शाही द्धितीय ,जनज्योति आधारभुत बिद्यालय घिलिङका छात्रा सोनाम पाल्मा तृतीय र जनहित माध्यमिक बिद्यालय जोमसोमका छात्र खेमराज रसाईली सान्त्वना भएका छन् ।
पोखरा स्थित मुस्ताङका बिद्यालयहरुको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रमका पुरस्कृत प्रतियोगीहरुलाई सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेल, उपसचिव प्रकाश चन्द्र ढुंगाना र शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङका प्रमुख रामेश्वर लामिछाने लगायतले पुरस्कार वितरण गर्नुभएको थियो
पोखरामा आयोजित जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रममा मुस्ताङका पाच वटै पालिकाहरुका शिक्षा शाखा प्रमुख र विभिन्न बिद्यालयहरुका शिक्षकहरुको उपस्थित रहेको थियो । प्रतिभा पहिचान कार्यक्रम उत्कृष्ट प्रतियोगिताहरुलाई गण्डकी प्रदेश सरकारले माघ १५ गते पोखरामा आयोजना हुने प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा सहभागि गराईने कार्यक्रम रहेको एकिकृत सेवा कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता