म्याग्दीको बेनीमा प्रदेश स्तरीय तारा खेल तथा ठेलो प्रतियोगिता हुँने

जोमसोम— म्याग्दीको बेनीमा यही जेठ १८ र १९ गते परम्परागत तारा खेल तथा ठेलो प्रतियोगिता २०८१ हुँने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदले म्याग्दीको बेनीमा प्रदेशका ११ वटै जिल्लालाई समेट्ने गरी परम्परागत तारा खेल तथा ठेलो प्रतियोगिता संञ्चालन गर्ने तयारी गरेको हो ।

प्रदेश खेलकुल परिषद गण्डकीले परम्परागत खेलहरु संरक्षण,संम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता संञ्चालन गर्ने तयारी गरेको परिषदद्वारा बैशाख ३० गते जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पछिल्लो समय आधुनिक धनुषबाण प्रयोग गरी आर्चरी खेलको विकास भईरहेकाले परम्परागत तारा खेल ओझेलमा परेको थियो । स्थानीय धनुषबाण प्रयोग गरी परम्परालाई जोगाउन परिषदले प्रतियोगिता संञ्चालन गर्ने निर्णय गरेको हो ।

खेलकुद परिषदले प्रकाशित गरेको सूचना अनुसार हिमाली जिल्ला मनाङ र मुस्ताङसहित म्याग्दी,बाग्लुङ,पर्वत,कास्की,स्याङ्जा ,तनहु, गोर्खा,लमजुङ र नवलपुरबाट तारा खेल तथा ठेलो प्रतियोगितामा खेलाडी समावेश गराईने बताईएको छ ।

तारा खेल तथा ठेलो प्रतियोगिताका लागि प्रदेशका ११ वटै जिल्लाका खेलाडीले जेठ १५ गते भित्र परिषदलाई सहभागीको नामावली विवरण पठाईदिन अनुरोध गरेको छ ।

परिषदको सूचना अनुसार म्याग्दीको बेनीमा आयोजना हुने परम्परागत तारा खेल जेठ १८ र १९ गतेसम्म संञ्चालन हुनेछ । यसैगरी ठेलो प्रतियोगिता जेठ १९ गते संञ्चालन हुनेछ ।



प्रतिक्रिया