जोमसोम ।
बर्सेनि आयोजना हुँने उपल्लो मुस्ताङको पर्वतीय उचाईको हाईअल्टिच्युड खेलकुद प्रतियोगिता अन्तर्गत ‘‘लो—छोग्योल झिग्मे मेमोरियल’’ कप २०८२ को सातौं संस्करण सोमबारदेखि उपल्लो मुस्ताङको घिलिङ खेलमैदानमा सुरु भएको छ ।तर, मंगलबारको खेल वर्षाले स्थगित भएको छ ।
लोछोदिन क्षेत्र अन्तर्गत लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिका भित्रका युवाहरुको प्रतिनिधित्व रहने यहाँ वि.स. २०७५ सालदेखि औपचारिक रुपमा पर्वतीय उचाईको हाईअिल्टच्यु खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।
दिंवगत मुस्ताङी सांस्कृतिक एवं धर्मराजाको सम्झनामा मुस्ताङको लोछोदिन क्षेत्रमा फुटबल र भलिबल खेललाई प्राथमिकतामा राखेर पर्वतीय ‘पर्वतीय हाईअटिच्चुड’ खेलकुद प्रतियोगिता आयोजना गर्ने गरिएको हो । यहाँको मोफसलमा आयोजना हुने यसप्रकारको खेलकुद प्रतियोगिताले यहाँका युवापंक्तिहरुमा खेलकुदप्रति अभिरुचि जगाउन, लोछोदिन समुदायका युवापंक्तिलाई एकतावद्ध गराई आपसी भाईचार अभिवृद्धि गराउने, खेलकुदका माध्यमबाट उपल्लो मुस्ताङको लोछोदिन समुदायहरुको धार्मिक,सांस्कृतिक,ऐतिहाँसिक मौलिक भेषुभषा,रहनसहन र यहाँको जिवन्त मौलिक कलासंस्कृतिको संरक्षण,सम्वद्धन तथा प्रर्वद्धन गर्ने मुख्य उद्देश्य रहेको छ ।
यहाँ आयोजित लो छोग्योल झिग्मे मेमोरियल कपको सातौं संस्करणको आयोजना लोघेकर दामोदरकुण्ड—३ स्थित घीलिङ युवा क्लवले आयोजना गरेको क्लवका अध्यक्ष पेमा ढिन्डुक गुरुङले जानकारी दिनुभयो । समून्द्री सतहको तीन हजार नौ सय मिटरको अग्लो उचाईमा यहाँ हाईअल्टिच्युड फुटबल र भलिबल एकैसाथ आयोजना भएको क्लवका अध्यक्ष गुरुङले बताउँनुभयो ।
यहाँ आयोजित सातौं लो छोग्योल झिग्मे मेमोरियल कपको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उद्घाटन गर्नुभयो । अध्यक्ष बिष्टले यहाँ आयोजित यसप्रकारको पर्वतीय उचाईको हाईअल्टिच्युड खेलकुद प्रतियोगिताले युवाहरुको नेतृत्वदायी र खेलकुद क्षमताको विकास मात्रै नभई उपल्लो मुस्ताङको समृद्धि र विकासमा समेत टेवा पु¥याउने दावी गरे । यहाँ आयोजित यसप्रकारको खेलकुद प्रतियोगिताले लोछोदिन समुदायहरुको धार्मिक तथा सांस्कृतिक सभ्यतालाई समेत जिवन्त तुल्याउने बताउँनु भयो ।
यसैगरी गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बर्सेनि खेतीपातीको कामकाज सकेर फुर्सदिलो समयमा लोछोदिन क्षेत्रमा पर्वतीय खेलकुद हुने गरेको बताउँनुभयो । यहाँ आयोजित खेलकुदका माध्यमबाट स्वदेश तथा विदेशमा बसोबास गरेका लोछोदिन समुदायलाई एकतावद्ध गराउन महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो ।
उपल्लो मुस्ताङका दुई गाउँपालिकाका युवाहरुलाई लक्षित गरी संञ्चालन हुँदै आईरहेको यसप्रकारको हाईअल्टिच्युड खेलकुद प्रतियोगिता दसदिनसम्म चल्ने जनाईएको छ । प्रतियोगिताको पहिलो उद्घाटन कार्यक्रममा लोछोदिन समुदायका मानिसहरुले परम्परागत धर्मसंस्कृति ,भेषभुषा र मौलिकता पस्किएका थिए ।
प्रतियोगितमा लोमान्थाङ गाउँपालिकाबाट तीन टिम र लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट छ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत लोमान्थाङ गाउँपालिकाबाट लोमान्थाङ युवा क्लव, स्नोल्याण्ड युवाक्लव र कोन्चोलिङ युवाक्लवले सहभागिता जनाएका छन् ।
यसैगरी लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट आयोजिक घिलिङ युवाक्लवको दुई टिम,थुङसुम्बा युवाक्लव,जनचेतना युवाक्लव,बुद्धशान्ति युवाक्लव र सुर्खाङ युवाक्लवले प्रतियोगितामा भाग लिएका छन् । यहाँ लिंग चरणका आधारमा फुटबल र भलिबल खेल संञ्चालन हुने जनाईएको छ ।
प्रतियोगिताको फुटबल च्याम्पियनले नगद एकलाख ७ हजारसहित शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र पाउँने छन् । उपविजेताले नगद ७७ हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँने छन् ।
यसैगरी भलिबलतर्फको च्याम्पियनले नगद असी हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेता टिमले नगद पचास हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँने छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली