जोमसोम— पूर्व प्रदेशसभा सदस्य एवं गीतकार ईन्द्रधारा बिष्टको शब्दरचना रहेको ‘मुस्ताङ बजार’ गीतको म्यूजिक भिडियो छायांकन आईतबार सकिएको छ ।
मायाप्रेमसंग जोडेर तयार पारिएको ‘मुस्ताङ बजार’ गीत तामाङ सेलोको भाकामा छ । गीतको म्यूजिक भिडियो काठमान्डौ स्थित ज्याम्छेन बिजाय स्तुपा नारायणथानमा छायांकन गरिएको निर्माता एवं गीतकार बिष्टले जानकारी दिनुभयो ।
पूर्र्व सभासद बिष्टको ‘मुस्ताङ बजार¬’ गीतको संगित संयोजन बिष्णु लामाको रहेको छ भने शब्द बिष्ट आफैले सृजना गर्नुभएको हो । गीतमा विश्व दोङ र निरा थापामगरको स्वर रहेको छ ।रेकर्डिष्ट सागर पुनले गर्नुभएको छ ।
‘मुस्ताङ बजार’ तामाङ सेलो गीतको म्यूजिक भिडियो निर्देशन प्रकाश भट्टको रहेको छ भने गीत र र म्यूजिक भिडियो निर्माण बिष्ट आफैले गर्नुभएको हो ।

म्यूजिक भिडियोमा सुजन मार्पा, याङ्दी दोङ लामाको अभिनय रहेको गीतकार बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार म्यूजिक भिडियोको नृत्य निर्देशन राजाराम सिंखडा, छायांकन करज चैसिरको रहेको छ भने मेकअप अनिमेल गुरुङले गर्नुभएको छ । ‘मुस्ताङ बजार’गीतको म्यूजिक भिडियो चाँडै निरा थापामगरको युटुब च्यानलबाट सार्वजनिक गरिने पूर्व सभासद एवं गीतका सर्जक बिष्टले बताउँनुभयो ।
‘मुस्ताङ बजार’ गीत पूर्व सभासद बिष्टको छैटो गीत हो । यसअघि पूर्व सभासद बिष्टले मुक्तिनाथको कसम,कागबेनीकाृ कसम, हिमालपारि मेरो सुन्दर गाउँ छ , मुस्ताङी नानी,गाडी चल्यो कोरलाको नाकामा र हिमालको चिसो पाखाले लगायतका म्यूजिक भिडियो निर्माण गरिसक्नु भएको छ ।
मुस्ताङ जिल्लाका कलासंस्कृति र मौलिकतालाई जोडेर पूर्व सभासद बिष्टले साहित्य सृजना गर्दैआईरहनु भएको छ । पूर्व सभासद बिष्टले रचना गर्नुभएको लोमान्थाङमै बसम र मुस्ताङी नानी बोलको गीत सर्वाधिक रुचाईएको गीतको सूचिमा पर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली