माथिल्लो मुस्ताङमा जाडो थेग्न गुईठाको भर

माथिल्लो मुस्ताङको तापक्रम माईनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजिवन चिसोका कारण प्रभावित बनेको छ ।

माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकाँश नागरिकहरु बेसींमा झरिसकेका छन् । केही भएपनि घरकुरुवा र पशुचौपाया रेखदेखमा बसेका छन् । हिउँदयाममा माथिल्लो मुस्ताङका अधिकाँश नागरिक जाडो छल्न बेसी झरिसकेपछि यतिबेला लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ग्रामिण वस्तीहरु यतिबेला सुनसान बनेका छन् ।

 हिउँदयामको मौसममा बेसीं नझरी गाउँमै बसेका स्थानीय नागरिकहरुलाई चिसो थेग्न मुश्किल परेको छ । विद्युत र संञ्चार सेवा अनियमित हुनु, चिसोका कारण  घरका धारा,सेफ्टी ट्याङकी ,चिसाई कुलो ,नदी र शाखाहरु चिसोका कारण बरफ बनेर जम्न थालेपछि स्थानीय नागरिकहरुको दैनिकीमा प्रतिकूल असर पु¥याएको छ । चिसोका कारण गाउँमा बसेका स्थानीय नागरिकहरुमा स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याउन सक्ने जोखिम पनि उत्तिकै छ ।

  माथिल्लो mमुस्ताङका नागरिकहरुले हिउँदयामको जाडो थेग्न गुईठाको साहारा लिन थालेका छन् । सुख्खा पठार माथिल्लो मुस्ताङमा बनजंगल नहुँदा दाउराको समस्या छ । बर्खायाममा विद्युत र ग्याँसको प्रयोग हुने भएपनि त्यहाँका नागरिकहरुले पशुचौपायाको गोबरलाई गुईठा बनाएर उर्जाको रुपमा प्रयोग गर्दै जाडो कटाउने गर्छन ।

लोमान्थाङ—३ ठिङ्गरका स्थानीय पासाङ गुरुङले माथिल्लो मुस्ताङमा बर्सेनि एक बाली मात्रै खेतीपाती हुने भएको पशुचौपायाको गोबरलाई गुईठा बनाएर उर्जाको रुपमा प्रयोग गर्ने प्रचलन रहेको जानकारी दिनुभयो । यहाँका खेतबारीमा चाहिने पशुचौपायाको गोबर मल बढी हुने भएकाले घाँममा सुकाएर गुईठा बनाएर आगो ताप्ने,पानी तताउने र खानेकुरा पकाएर खान प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो ।

माथिल्लो मुस्ताङमा ठुलो संख्यामा स्थानीय नागरिकहरुले याकचौरी र भेडाच्यांग्रा पालन व्यवसाय गर्ने गरेका छन् । यिनै याकचौरी र भेडाच्यांग्राको गोबर र जुतोलाई स्थानीयले लगातार एक साता सम्म घाममा सुकाएर गुईठा तयार गर्ने गर्छन । यद्यपी यो प्रचलन माथिल्लो मुस्ताङमा सदिंयौदेखि निरन्तर चल्दै आईरहेको छ ।

माथिल्लो मुस्ताङमा याकचौरीको गोबर र भेडाच्यांग्राको जुतोलाई गुईठा    लगातार घाममा सुकाएर गुईठा तयार गरेपछि बोरा भित्र भण्डारण गरी राखिन्छ । यसरी राखिएको गुइठालाई आवश्यकता अनुसार उर्जाको रुपमा प्रयोग गर्ने गरिएको लोमान्थाङ—२ किम्लिङका स्थानीय ढिन्डुक गुरुङले उल्लेख गर्नुभयो । यहाँका पशुचौपायाको गोबरबाट तयार गरिएको गुईठा दाउँरा भन्दा राम्रो खपत हुने भएकाले जाडो महिनामा आगो ताप्न र खानेकुरा पकाएर खान ईन्धनकाृे रुपमा प्रयोग गर्न सहज भएको गुरुङको भनाई छ । 

खेतबारी र चरनक्षेत्रमा खेर गईरहेका पशुचौपायाको आलो गोबर संकलन गरी स्थानीयले गुईठा बनाउँछन् । यसरी यहाँ गुईठालाई उर्जाको रुपमा प्रयोग गर्न थालिएपछि दाउरा विकल्पमा गुईठा भरपर्दो माध्यम बनेको हो । माथिल्लो मुस्ताङमा गुईठाको प्रयोगले विद्युत र ग्याँसको खपतलाई न्यूनिकरण गरी आर्थिक बचतमा समेत योगदान पु¥याएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउँनुभयो ।


प्रतिक्रिया