मुस्ताङ,१०,असार ।
यहाँको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जोमसोमले बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामग्री अन्तर्गत स्टेशनरीका सामान वितरण गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघको २५ औं वार्षिकोत्सव (रजत महोत्सव)को अवसरमा यहाँको घरपझोङ गाउँपालिका—५ ठिनी स्थित मुक्ति नमूना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको हो ।
गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीसहितको सशस्त्र प्रहरीले आज उक्त विद्यालयमा पुगेर विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको हो ।
विद्यार्थीहरुको शैक्षिक पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले सशस्त्र प्रहरी परिवार महिला संघको रजत महोत्सवका अवसर पारेर त्यहाँका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरेको हो ।
९ असार २०८३, बुधबार ०७:५१ मा प्रकाशित
131
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता