चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी—जोमसोम—कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तिय खर्च भएको जनाएको । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुवाती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ ।
कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गतवर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान दश अर्ब ५६ करोड रहेकोमा आठ अर्ब ९६ करोड बजेट खर्च भएको उल्लेख गरेको छ । योजनाको पछिल्लो संशोधित लागत अनुमान १५ अर्ब पु¥याईएको । योजना प्रमुख शर्माले पछिल्लो संशोधित लागत अनुमान अनुसार (बेनी—जोमसोम—कोरला) सडक योजनाको समग्र भौतिक प्रगती ६५ प्रतिशत र वित्तिय प्रगति ६० प्रतिशत पुगेको छ ।
उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको निर्माणधीन कोरला सडक योजनाको पछिल्लो संशोधित सम्पन्न अवधी आव २०८८/०८९ सम्म कायम गरिएको छ । सुरुवाती बेनी÷जोमसोम ७४ किलोमिटर चारखण्ड अस्फाल्ड कालोपत्र र जोमसोम—कोरला ११९ किलोमिटर सातखण्ड ग्राभेल सडकबाट सुरुआत गरिएकोमा हालसम्म सडक तथा पुल पुलेसा गरी दर्जनौ योजनाहरु थपिएका छन् ।
पर्वतको मालढुंगादेखि नेपाल—चीन उत्तरी कोरलानाकासम्मको २०२ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गनुपर्ने दायित्व योजनाको रहेको छ । योजना प्रमुख शर्माका अनुसार मालढुंगादेखि कोरलासम्म २०२ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने लक्ष्य रहेकोमा गतवर्षको असार महिनासम्म ९० किलोमिटर दुरीमा कालोपत्र सम्पन्न भईसकेको छ । कालिगण्डकी करिडोर अन्तर्गत मुस्ताङको छुसाङदेखि घमीसम्मको ५० किलोमिटर सडकको थप स्तरोन्नति गरी सडक कालोपत्र गर्न २ अर्ब बढीको ठेक्का आह्वान भईसकेको प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
कोरला सडकका योजना प्रमुख शर्माका अनुसार चालु आवमा बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी सडकखण्डको पहिरोग्रष्त क्षेत्रमा ५०० मिटर कालोपत्रको ठेक्का खुलाईनेछ । म्याग्दीको राहुघाट हाईड्रो पावर भएको स्थानको सडकमा ३०० मिटर दुरीमा हाईड्रो पावर कम्पनीलेनै कालोपत्र गर्ने पूर्व सहमति भईसकेको छ ।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्र थासाङ—४ घाँसा तलको खहरे खोला सडकमा करिव ५०० मिटर दुरीको सडकमा कालिगण्डकी गर्ज हाईड्रो पावर कम्पनीलेनै कालोपत्र गर्नेछ । योसंगै म्याग्दीको महभीर र भीरकाँटे सडक बाहेक
पर्वतको मालढुंगा देखि बेनी सडकमा करिव ७०० मिटर दुरीमा सडक कालोपत्र गर्न बाँकी रहेको योजना प्रमुख शर्माको भनाई छ । म्याग्दीको महभीर र भीरकाँटेमा चट्टान फोरेर सडक चौडा गरी फराकिलो बनाउने कार्य भएकोमा हाललाई उक्त कार्य स्थगित गरिएको छ । त्यहाँ कालिगण्डकी नदीबाट ग्याविक प्रोटेक्सन गरी सडक चौडा गराउन सुरु गरिएको प्रमुख शर्माले बताउँनुभयो ।
यसैगरी कोरला सडक योजना अन्तर्गत पर्वतको मालढुंगादेखि कोरलानाकासम्म २६ वटा पक्की मोटरेबल पुल निर्माण गर्ने लक्ष्य राखिएकामा आव २०८२/०८३ सम्म १८ वटा पक्की पुल निर्माणको काम सम्पन्न भईसकेको योजना प्रमुख तेजस्वी शर्माले बताउँनुभयो । उहाँका अनुसार कोरला सडकमा चार वटा पक्की पुल निर्माणधीन अवस्थामा रहेको र बाँकी आवश्यक चार पुल निर्माणको लागि बजेट विनियोजन हुन बाँकी रहेको छ ।
कोरला सडक योजनाका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—३ स्थित ताङ्वे खोला र वारागुङ मुक्तिक्षेत्र—४ स्थित कागबेनी खोलामा पुल निर्माण गर्नुपर्नेछ । यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका—३ स्थित रुप्से खोला र म्याग्दीको तातोपानी स्थित भुरुङ खोलामा पुल निर्माण गर्नुपर्नेछ । पर्वत —म्याग्दी जोड्ने बेनी स्थित कालिगण्डकी नदीमा समेत पुल निर्माण गर्न बाँकी छ ।
यसैगरी हाल कामचलाउको रुपमा रहेको पर्वतको मिलनचोक,लप्सी खोला ,दमुवा खोला लगायतमा पुल निर्माणको आवश्यकता देखिन्छ ।
राष्ट्रिय गौरवको कोरला सडक अन्तर्गत बेनी—जोमसोम सडकको म्याग्दी खण्डको ३ स्थानमा पहिरो रोकथामकार्य भईरहेको छ , म्याग्दीको गुईठेभीर, खामभित्ता र बैसरीमा पहिरो रोकथामकार्य भईरहेको योजना प्रमुख शर्माले बताउँनुभयो ।
कोरला सडक योजनाका अनुसार चालु आवमा पर्वतको मालढुंगा देखि म्याग्दीको बेनीसम्मको सडक अन्तर्गत जुके खोला,केराबारी र लाटी खोलामा गरी तीन स्थानमा पहिरो रोकथामका योजना अघि बढाईने भएको छ ।
यसैगरी बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको सिरुबारी, महभीर, नौनीबगर र सुकेबगरमा गरी चार स्थानमा थप पहिरो थोकथामका योजना थपिने जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली