चौध जिल्लाका कृषक सहभागि टोली यतिबेला मुस्ताङमा छन् । यहाँ आयोजित शीतोष्ण बागवानी विकास केन्द्रले आजदेखि संञ्चालन गरेको ‘नर्सरी धनीहरुलाई गुणस्तरीय विरुवा प्रशारण तथा नर्सरी व्यवस्थापन’ सम्वन्धि तीन दिने सिकाई कार्यक्रममा सहभागि हुन विभिन्न जिल्लाका १८ जना कृषक टोली मुस्ताङ आईपुगेका हुन् ।
मुस्ताङको घरपझोङ—२ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्र फलफूत तथा तरकारी उत्पादन तथा जिल्ला भित्र र बाहिरका कृषकहरुका लागि महत्वपूर्ण कृषि पाठशालाको रुपमा स्थापित हुँदै आईरहेको छ । केन्द्रको आयोजनामा मंगलबारदेखि बिहिबारसम्म जिल्ला बाहिरका सहभागि कृषकहरुलाई कृषि संम्वन्धि सैद्धान्तिक तथा प्रयोगात्मक फिल्ड अभ्यास तालिम दिन सुरु गरिएको हो ।
केन्द्रले बर्सेनि जिल्ला बाहिर र जिल्ला भित्रका कृषकहरुको प्रतिनिधित्व रहने गरी यसप्रकारको फूलफूल तथा नर्सरी व्यवस्थापन सम्वन्धि अभ्यास तालिम संञ्चालन गर्ने गरेको केन्द्रले जनाएको छ ।
यसवर्ष पनि पूर्वको संखुवासभादेखि सुदुर पश्चिम दार्चुला सम्मका कृषकहरुको सहभागि रहेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । यसवर्ष पनि म्याग्दीबाट ३ जना,बाग्लुङबाट २ जना, सल्यानबाट २ जना र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, नुवाकोट, उदयपुर, रुकुम पश्चिम, गोर्खा,संखुवासभा र रसुवाका समान एकएक जना कृषक नर्सरीधनीहरुको सहभागिता रहेको केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो ।
केन्द्रमा भएका कृषि प्रविधिहरुको हस्तान्तरणका साथै मुस्ताङ जिल्लाको ऐतिहाँसिक,धार्मिक र सांस्कृतिक चिनारीहरु पस्किदै मुस्ताङको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने केन्द्रको लक्ष्य रह्को केन्द्र प्रमुख आत्रेयले बताउँनुभयो । यहाँको मौलिकता संस्कृति र परम्पराहरुलाई तालिम अवसरले उनीहरुका लागि महत्वपूर्ण अनुभूती दिलाउँन योगदान पुर्याउने केन्द्र प्रमुख आत्रेयको भनाई छ ।
यहाँ आयोजित विरुवा प्रशारण तथा गुणस्तरीय विरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन सम्वन्धि सिकाई तालिम र प्रशारणका विविधिकरणका बारेमा सहभागिहरुलाई जानकारी गराईनेछ । साथै, कृषकहरुलाई केन्द्रमा अवस्थित विभिन्न फलफूल तथा तरकारी बगैचा ब्लकहरुको अवलोकन भ्रमण गराईने छ भने, यहाँको शीतोष्ण हावापानीमा उत्पादन हुने हाईचिलिङ फूलफूलहरुको बारेमा दक्षता अभिवृद्धि गराईने लक्ष्य रहेको छ ।
केन्द्रले यहाँ उपस्थित भएका विभिन्न जिल्लाका कृषकहरुलाई गुणस्तरीय विरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन तथा प्रशारणका विधिहरू सिकाउन केन्द्रमा कार्यरत प्राविधिक सहायक लक्ष्मण बुढालाई तालिम संयोजकको जिम्मा दिईएको केन्द्रले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली