मुस्ताङ, २८, असोज ।
यहाँको घरपझोङ गाउँपालिका—१ छैरो आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पोशाक र ब्याग वितरण गरिएको छ । यहाँका गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र उहाँकी धर्मपत्नी मिरा लालचन दम्पतीले ब्यक्तिगत रुपमा विद्यालयका विद्यार्थीहरुलाई सोमबार पोशाक र किताब राख्ने ब्याग वितरण गर्नुभएको हो ।
अध्यक्ष लालचन दम्पती परिवारले उक्त विद्यालयका व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर रसाईली र त्यहाँ कार्यरत शिक्षकका साथै गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितीमा सो विद्यालयका ५७ जना विद्यार्थीहरुलाई टाउजर, टिसर्ट र ब्याग वितरण गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई पोशाक तथा ब्याग हस्तान्तरण कार्यक्रममा सो विद्यालयले गाउँपालिका अध्यक्ष दम्पतीलाई फेदा र प्रमाणपत्रद्वारा सम्मान गरेको जनाएको छ ।
यसैगरी राष्ट्रिय प्रकृति संरक्षण कोष ,अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) जोमसोमले पनि सो विद्यालयलाई खेलकुदका सामग्री सहयोग गरेको जनाएको छ । एक्यापले विद्यार्थीहरुको खेलकुद विकासका लागि फुटबल,भलिबल, ब्याटमिन्टन र स्पिकिङ लगायतका खेलकुद सामग्री हस्तान्तरण गरेको एक्याप प्रतिनिधि दीपक ओलीले जानकारी दिनुभयो ।
जिल्लाकै सबैभन्दा बढी कठिन परिस्थितीका बालबालिकाहरु अध्ययन गर्ने उक्त विद्यालयमा विभिन्न जिल्लाका बिद्यार्थीहरुले शैक्षिक पठन÷पाठन गर्दैआर्ईरहेको छ । सो विद्यालयको शैक्षिक विकासलाई माथि उठाउन आफूले गाउँपालिकाको मुख नताकी व्यक्तिगत खर्च गरेर पोशाक र ब्याग वितरण गरेको अध्यक्ष लालचनले बताउँनुभयो ।
गाउँपालिका अध्यक्ष लालचनले गाउँपालिकालाई उज्यालो पालिकाको रुपमा परिचित गराउन र यसका माध्यमबाट पर्यटन विकासमा टेवा पु¥याउन आफुले प्राप्त गरेको तलब भत्ता खर्च गर्ने गरी सडक बत्ती समेत जडान गरिसकेका छन् । घरपझोङ गाउँपालिकाका ५ वटै वडाहरुमा सडक बत्ती जडान भईसकेको अध्यक्ष लालचनले बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता