एकमात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक तयारी थालिएको छ । मंगलबार हुने प्रतिनिधिसभा सदस्य उम्मेदवारको मनोनयपत्र दर्ता प्रक्रिया र निर्वाचन सम्वन्धि कार्यक्रमलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार जिल्ला अदालत जोमसोममा सर्वदलिय बैठक आह्वान गरेको छ ।
मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलको अध्यक्षतमा बसेको सर्वदलिय बैठकमा प्रमुख जिल्ला अधिकारी अजिता शर्मा लगायत चार वटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि र जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको छ । सर्वदलिय बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया र निर्वाचनलाई निश्पक्ष,पारदर्शी ,भयरहित र शान्तिपूर्वक सम्पन्न गर्नेतर्फ घनिभूत छलफल भएको मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलको भनाई छ । मनोनयन फारम वितरण तथा मनोनयन पत्र दर्ता प्रक्रियाका लगायतका कामहरुमा मुख्य निर्वाचन अधिकृत कार्यालयले समेत सहजीकरण गरिने मुख्य निर्वाचन अधिकृत पौडेलको भनाई छ ।
यसैगरी सर्वदलिय बैठकमा मुस्ताङका प्रजिअ अजिता शर्माले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित,निश्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न कुनै कसुर बाँकी नराखिने गरी सुरक्षा प्रवन्ध मिलाईने प्रतिवद्धता जनाउँनुभयो । प्रजिअ शर्माले निर्वाचन सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षा रणनीतिक योजना तयारी पारिसकेको राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुलाई जानकारी दिनुभयो ।
लोकतन्त्रमा बिचार,धारणा,कार्यक्रम र घोषणा पत्र दलिय रुपमा फरक फरक भएपनि सबैको साझा उद्देश्य राष्ट्र निर्माण गर्ने रहेकाले यसैलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियामा सहभागि हुन प्रजिअ शर्माले अनुरोध गर्नुभएको छ ।
सर्वदलिय बैठकमा राजनीतिक दलका पार्टी प्रमुख एवं प्रतिनिधिहरुले निर्वाचनमा पैसा दिएर मताधिकार खरित्ने संस्कृतिको रोकथा गर्नुपर्ने, निर्वाचन कार्यक्रममा खटिएका कर्मचारीहरुले निश्पक्ष रुपमा कार्यसम्पादन गर्नुपर्ने र मतदाताको स्वच्छेक मताधिकारलाई हनन हुने कार्य कसैले गर्न नहुने लगायतका सुझाव पेश गरेका छन् ।
सर्वदलिय बैठकमा नेपाली कांग्रेस,एमाले,नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ,रास्वपा र राप्रपा लगायतका पार्टी प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाका लागि निर्वाचन सुरक्षार्थ मुस्ताङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त कार्यविधि २०८२ अनुसार ३१२ जना निर्वाचन प्रहरी भर्ना गरी आवेदन खुलाईएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङका पाँच स्थानीय तहमा गरी कुल ३९ वटा मतदान केन्द्र र मतदान स्थल निर्धारण भईसकेको छ । यहाँ हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा कुल एघार हजार ३२८ जना मतदाता रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता