जोमसोम—मुस्ताङ सदरमुकाम जोमसोममा शुक्रबारदेखि गाउँपालिका स्तरीय घरपझोङ कप २०८१ सेभेन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । जनहित युवाक्लव जोमसोमको आयोजनता तथा न्यू होम चर्चको पुरस्कार प्रयोजनमा जोमसोम खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हो ।
आन्तरिक खेलकुदको विकास तथा अन्तर वडा स्तरका युवाहरुबिचको संम्वन्धलाई खेलका माध्यमबाट प्रगाढ तुल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक आयुष गुरुङले जानकारी दिए । उनले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुदको राष्ट्रिय नारालाई आत्मसाथ गर्दै पालिका स्तरीय खेलाडीहरुलाई संगठित गर्ने र खेलकुद क्षेत्रको प्रर्वद्धन गर्न प्रतियोगिता सार्थक हुने अपेक्षा गरे ।
घरपझोङ कप सेभेन साईड फुटबल प्रतियोगिताको वडाध्यक्ष यामप्रसाद थकाली र पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकालीले रेफ्रीलाई बल हस्तान्तरण गरी शुभारम्भ गरेका थिए । सो क्रममा प्रमुख अतिथि वडाध्यक्ष थकालीले खेलकुदकै माध्यमबाट युवापंक्तिको क्षमता विकासमा टेवा पुग्ने बताए । उनले प्रतियोगितामा हारजित निश्चित हुने भएकाले युवामैत्री भावनालाई आत्मबोध गर्दै खेलकुदको क्षमता प्रर्दशन गर्न आग्रह गरे ।

एक विदेशी पाहुना टोलीसहित घरपझोङ गाउँपालिका अन्र्तगत कुल ५ टिमको सहभागिता रहने खेल संयोजक आयुष गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विदेश पाहुना टोलीसंगै ठिनी,ढुम्बा,जोमसोम र पुथाङ एअरपोर्टको सहभागिता रहेको छ ।
प्रतियोगिताको च्याम्पियन हुने टिमले नगद ५० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । उपविजेता टिमले नगद ३० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र पाउँने छन् ।
प्रतियोगिता लिंक चरणमा खेलाईने छ भने लिकको पहिलो र दोस्रो हुने फुटबल टिमले उपाधिका लागि फाईनल प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल शनिबार बिहान हुने जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली