मुस्ताङ ट्रेल रेसमा सोलुखुम्बुकी शेर्पा प्रथम



जोमसोम— एक सय ७२ किलोमिटर दुरीको ८ दिने ‘मुस्ताङ ट्रेल रेस २०२५’ सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका—२ फेटाकी १९ वर्षीया ट्रेलर आङ फुर्वा शेर्पा प्रथम भएकी छिन् । मुस्ताङ ट्रेल रेसमा आफ्ना ५२ प्रतिस्पर्धीलाई पछिपार्दै उनी प्रथम भएकी हुन् ।

गत चैत १९ गतेदेखि मुस्ताङमा ट्रल रेस सुरु गरिएको थियो । जसमा नेपाली र विदेशी ट्रेलरहरुले मुस्ताङ टे«ल रेसमा सहभागी जनाएका थिए । ८ दिनसम्म चलेको ट्रेल रेस बुधबार जोमसोम आईपुगेर समापन भएको थियो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीदेखि उपल्लो मुस्ताङका विभिन्न स्थानमा तय गरिएको १७० किलोमिटर दुरी २३ घण्टा ५५ मिनेट २० सेकेन्डमा पुरा सोखुखुम्बुकी शेर्पा प्रथम भएकी हुन् ।

 मुस्ताङ ट्रेल रेसमा क्यानाडाकी महिला दाह्री अन्ना दोस्रो हुनु भएको छ  । निर्धारित १७० किलोमिटर दुरी २७ घण्टा ५२ मिनेट २ सेकेन्डमा पुरा गर्दै उहाँ दोस्रो स्थान हासिल गर्नुभएको हो । यस्तै ट्रेल रेसमा जर्मनकी पेट्रा काउसेले  २८ घण्टा ३ मिनेट ५० सेकेन्डमा उक्त दुरी पुरा गनुभयो । ट्रेल रेसका विजेता टोलीले आयोजक मुस्ताङ ट्रेल रेसबाट शिल्ड र मेडल प्राप्त गर्नुभयो ।

मुस्ताङ ट्रेल रेसकी प्रथम सोलुखुम्बु निवासी शेर्पाले मुस्ताङका ट्रेल अभ्यास अविष्मरणीय रहेको बताउँनुभयो । आफूले वेवसाईड मार्फत जानकारी लिएर मुस्ताङ ट्रेलमा भाग लिने मौका पाएको बताउँनुभयो । चौरी गोठमै हुर्किएर स्कुल पढकी शेर्पा अहिले काठमान्डौंमा बसेर ब्याचरको पढाई गर्दै गरेकी बताउँनुहुन्छ । उनी याकचौरी महासंघको केन्द्रिय कोषाध्यक्ष हुनुहुन्छ ।

सानैदेखि  साहसिक पदयात्रा (ट्रेल) गर्न मनपर्ने भएकाले यहाँ आएर सहभागीता जनाएको शेर्पाको भनाई छ । ‘सोलुखुम्बु पनि उच्चस्थानको क्षेत्र हो, यद्यपी त्यहा रुख विरुवाले हरियाली छ’, शेर्पाले भन्नुभयो,‘ यहाँ अलि सुख्खा पठार  र हावाको गतिले  केही मात्रामा असर पार्दो रहेछ ।’

मुस्ताङ ट्रेल रेसमा करिव १० वटा स्टेशन प्वाईन्ट थिए । निर्णायकले सो पोईन्टहरुमा रेसको समयको मूल्यांकन गरिएको थियो । कागबेनीदेखि माथि चैले—घमी—लोमान्थाङ—कुन्छोलिङ छोसेर गुफा हुँदै पूनः लोमान्थाङ फर्किएर यारा—ताङ्ग्या—छुसाङ—मुक्तिनाथ हुँदै जोमसोम झरेर ट्रेल टुगिंएको मुस्ताङ ट्रेलमा सहभागी राम खत्रीले जानकारी दिनुभयो । ट्रेलमा ५ जना नेपाली र ४८ जना विदेशी नागरिक गरी ५३ जनाको सहभागी रहेको खत्रीले उल्लेख गर्नुभयो ।



प्रतिक्रिया