मुस्ताङ, ५, साउन ।
आईतबार बिहानको आशिंक वर्षासंगै आएको लेदाृे र गेग्रानसहितको बाढी÷पहिरोले अवरुद्ध बनेको (जोमसोम—कोरला) राष्ट्रिय राजमार्ग सडक भर्खरै संञ्चालनमा आएको जनाईएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र —३ ताङ्वे खोला र छुसाङ स्थित मुस्ताङ गेट नजिकको कोरला सडक माथिबाट खसेको पहिरो डोजरको सहायताले पन्छ्याईएपछि (जोमसोम—कोरला)सडक मार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल खत्रीले जानकारी दिनुभयो ।
त्यहाँको कोरला सडकमार्गमा चौबिस घण्टापछि संञ्चालनमा आएको प्रहरी निरीक्षक खत्रीले बताउँनुभयो । पहिरो पन्छ्याउन सुरक्षा निकाय,स्थानीय जनप्रतिनिधि लगायतले पहल गरेका थिए । त्यहाँको दुई स्थानको पहिरो डोजर परिचालन गरेर सफा गरेपछि अवरुद्ध सडक संञ्चालनमा आएको प्रहरी निरीक्षक खत्रीले बताउँनुभयो । सडक माथिको पहिरो पन्छ्याईपछि जोमसोम—कोरला राजमार्ग सडकमा अलपत्र परेका सवारी साधन गन्तब्यमा प्रस्थान गरेको प्रहरी निरीक्षक खत्रीले बताउँनुभयो ।
यसअघि आशिंक वर्षासंगै आएको ताङ्वे खोलामा लेदोसहितको बाढीले त्यहाँको करिव ५० मिटर सडक ट्याक ध्वंस्त बनेको थियो । यसैगरी छुसाङ स्थित मुस्ताङ गेट नजिकको कोरलामा पनि करिव एक सय ५० मिटर सडकमा लेदो र गेग्रान पसेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली