चराङ—छोसेर सडक अधुरो काम धमाधम

जोमसोम—उपल्लो मुस्ताङमा विगत ५ वर्षदेखि अलपत्र परेको (चराङ—छोसेर) २५ कि.मी. ग्रोभल सडकको अधुरो काम  यसै हप्तादेखि सुरु गरिएको छ । २०७३÷०७४ सालमा ठेक्का सम्झौता भएको (चराङ—छोसेर) सडक निर्माण कम्पनीको ढिलासुस्तीले निर्माणकार्य अवरुद्ध हुन पुगेको थियो ।

भारतीय नाकाबन्दी सुरुवाती चरणमा उत्तर÷दक्षिक्ष जोड्ने कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना सुरु भएको थियो । चीनको कोरलानाकासम्म सडक स्तरोन्नति गर्न आयोजनाले पहिलो चरणमा बेनी—जोमसोम ७४ किमी कालोपत्र  र दोश्रो चरणमा जोमसोम—कोरला ११० किमी ७ खण्डमा ग्रोभल गर्ने गरी बजेट विनियाजन भएको थियो ।

जोमसोम—झैते ४ खण्ड र झैते ’— कोरला ३ खण्ड गरी ७ खण्डमा ग्राभेल सडक विस्तार गर्न ७ वटा सेसनमा ठेक्का लगाईएको थियो ।त्यसबेला ग्राभेल सडक निर्माण गर्न लगाईएका ७ खण्ड सेसन मध्ये ६ वटा सेसन २०७६ साल अगावै निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भईसकेको थियो ।तर, जोमसोम —कोरला ६ वटा सेसन आयोजनालाई हस्तान्तरण हुँदा (चराङ—छोसेर) २५ कि.मी. सडकको काम निर्माण कम्पनीले अलपत्र छोडेको थियो ।

७ वर्षअघि २४ करोड लागतमा तामाङ÷गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभी कन्ट्रक्सिनले चराङ—छोसेर सडकको ठेक्का हात पारेको  थियो । सडकका लागि सुरुवाती चरणमा काम गरेको जोईन भेन्जर काशी एण्ड न्यौपाने कन्ट्रक्सनले काम गर्ने गरी फिल्डमा परिचालन भएको थियो । तर, यो कम्पनीले आधा भन्दा केही प्रतिशत बढी काम गरेपछि काम गर्न नसकेर सम्पर्कविहीन बनेको थियो । त्यपछि आँकल झुकल काम गरेको जस्तो गरेर आयोजनाको आँखामा छारो हाल्ने काम गरेपनि निर्माणको काम ८५ प्रतिशत पुग्दा चराङ—चराङ छोसेर सडकको काम ठप्पै भयो ।

तत्कालिन समय संघ तथा प्रदेश सांसद ,स्थानीय जनप्रतिनिधि,पर्यटन व्यवसायी र स्थानीयले सडक निर्माणको कामलाई निरन्तता दिन आयोजनाको ध्यानार्कषण गराउँदै आईरहेका थिए । आयोजनाले चराङ—छोसेर सडकका निर्माण कम्पनीलाई काममा फर्किन पटक÷पटक लिखित र मौखिक ताकेता गरेको थियो । आयोजनाले ताकेता गर्दा समेत काममा नफर्किएपछि आयोजनाले निर्माण कम्पनीलाई दिएको ठेक्का मोबिलाईजेसन वापतका रकम १ करोड ९ लाख २०७८ सालमा आयोजनाको खातामा फिर्ता ल्याएको थियो । त्यसपछि भने चराङ—छोसेर सडक निर्माणकार्यमा झनै विलम्व भयो ।

जोमसोम—कोरला ६ सेसनका निर्माण कम्पनीहरुले काम सकेर हस्तान्तरण गरेको ५ वर्ष बितसक्दा समेत चराङ—छोसेरको काम अहिलेसम्म सम्पन्न हुन नसकेको हो । यो सडकको काम हेन्डल गरेको कोशी एण्ड न्यौपाने जेभी काममा नफकिएपछि पछिल्लो समय कालो सूचिबाट जोगिनकै लागि भइपनि जोईनको अर्को पार्टनर गौरी पार्वती काममा फर्किएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईले जानकारी दिए । ‘ सुरुको कोशी एण्ड न्यौपानेले काम गर्न नसकेर भाग्यो, अहिले उसैको पार्टनरले चराङ—छोसेर) सडकको अधुरो रहेको काम पुरा गर्न आएको छ,सूचना अधिकारी चापागाईले भने, कटिङ,फिलिङ र ड्रेनसहित केही फिनिसिङका कामहरु बाँकी छन्, चालु वर्ष भित्रै सक्ने भनीएको छ ।’ उनले चराङ—छोसेरको अधुरो सडकको काम गर्न गौरी पार्वतीले मजदुर र उपकरण फिल्डमा पू¥याएको छ ।  उनले बर्खायामको अनुकुल समय भएकाले त्यहाँको सडक निर्माणको काममा कुनै बाधा नपुग्ने बताए ।

लामो सयमदेखि अलपत्र (चराङ—छोसेर)को बाँकी रहेको अधुरो सडकको काम सम्पन्न गर्न आयोजनाले ध्यानदिनुपर्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उल्लेख गरे । उनले बहुचर्चित कोरलानाका हेर्न पर्यटकहरु आउने गरेको  र बिचको स्थानमा सडक नबन्दा समस्या पर्ने गरेको बताए । उनले समृद्धि र विकासको कामलाई कसैले पनि बाधक बनाउन नहुने जनाए । अध्यक्ष गुरुङले थपे,‘लामोसमय सम्म काम ठप्पै भयो, आँखामा धुलो छर्ने हिसाबले काम गरे जस्तो गर्नु हुँदैन,विकासलाई निरन्तरता र तीब्रता दिईनु पर्छ ।’

यसैगरी चराङ—छोसेर सडकको जिम्मा लिएको तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपानेले बेनी—जोमसोम ७४ किमी सडक अन्तर्गत चौथो खण्ड खन्ती—जोमसोम सडकको काममा पनि निकै ढिलासुस्ती गरेको छ । यहाँ कोशी एण्ड न्यौपानेले काम गरेको भएपनि विभिन्न सहायक कम्पनीले जिम्मा लगाउँदा खन्ती—जोमसोम १६ किमी कालोपत्र सडकको काममा चरम ढिलासुस्ती भएको हो । अहिले सहायक निर्माण कम्पनीले नसकेपछि जोईनको अर्को पार्टनर गौरी पार्वतीले फर्मलाई कालो सूचिबाट जोगाउनका लागि केही महिनादेखि फिल्डमा खटिएको छ । खन्ती —जोमसोम १६ किमी मध्ये खन्ती —मार्फासम्म कालोपत्र भएको छ भने, जोमसोमबजारका आशिंक ढलान सडकको काम गरेको छ । अझै मार्फा —जोमसोममा सडक कालोपत्र हुन सकेको छैन ।

खन्ती —जोमसोम र चराङ—छोसेर सडकको जिम्मा लिएको तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपानेले ठेक्का सम्झौता गरेको सडक पटक÷पटक म्याद थप हुँदा समेत सम्पन्न हुन नसक्दा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीय नागरिकहरुलाई आवतजावतमा निकैनै समस्या हुन गरेको छ ।

उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको कोरलानाका जोड्ने सडकको समग्र भौतिक प्रगती ८२ प्रतिशत छ भने वित्तिय प्रगती ७८ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।


फोटो क्याप्सन ः ५ वर्षदेखि अवरुद्ध रहेको चराङ—छोसेर सडकको कामलाई निरन्तरता ः


प्रतिक्रिया