उपल्लो मुस्ताङको लोमान्थाङ —५ लोमान्थाङ स्थित छोदे गुम्बामा तीब्बतीयन कलासंस्कृति झल्काउने मोनचोई एन्टिक संग्रालयको मंगलबार उद्घाटन गरिएको छ । मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर बिष्ट, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङ र उपाध्यक्ष छ्युमी बिष्ट लगायत दुताबास र गुम्बाका लामाहरुको उपस्थितीमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माईक हार्करले संग्रालयको रिवन काँटेर उद्घाटन गर्नुभएको हो ।
लोमान्थाङ स्थित छोदे गुम्का परिसर भित्रको गुम्बामा स्थापित संग्रालयको पुनस्थापना र विकासमा अमेरिकी राजदुतावासको सांस्कृतिक सम्पदा संरक्षण कोषबाट रु. चालिस हजार अमेरिकन डलर सहयोग प्रदान भएको थियो । अमेरिकी दुतावास ,लोमान्थाङ गाउँपालिका र छोदे गुम्बाका संयुक्त आर्थिक व्यवस्थापनमा स्थापना गरिएको संग्रालयको कुल खर्च लागत असी लाख बढी रहेको गुम्बाका व्यवस्थापक छेम्देन लामाले जानकारी दिनुभयो ।
छोदे गुम्बाको संग्रालय कोठाहरुलाई चाहिने फर्निचर,डेकोरेसन लगायतको व्यवस्थापनमा अमेरिकी दुतावासले कुल लागतको ५० प्रतिशत भन्दा बढी रकम खर्च गरेको थियो । मुन्छे एन्टी संग्रालयमा बुद्धका मुर्ति ,थान्का पेन्टिङ, पुराना भाडावर्तन लगायत तीब्तीयन कलासंस्कृति झल्किने विभिन्न प्रकार सामाग्री राखिएका छन् । संस्कृतिको संरक्षण,प्रर्वद्धन, व्यवस्थापन तथा संस्कृति पुस्तान्तरणका लागि मोनचाई एन्टिक संग्रालयको ऐतिहाँसिक तथा धार्मिक महत्वका सामग्रीहरु खोजअनुसन्धान र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विश्वाश गरिएको छ ।
संग्रालयको उद्घाटन गर्दे नेपालका लागि अमेरिकी सार्वजनिक मामिला प्रमुख माईक हार्करले संग्रालय परियोजना स्थापनाका लागि दुतावासले चालिस हजार अमेरिकन डलर खर्च व्यवस्थापन गरेको बताउनुभयो । उहाँले संग्रालयमा राखिएका प्रत्येक कलासंस्कृतिले विगतका मानिसहरुको जीवनशैली,विश्वास,सृजना र पुस्तान्तरणको कथालाई जिवन्त तुल्याउने उल्लेख गर्नुभयो । अमेरिकी दुतावासको सांस्कृतिक कोषबाट मुस्ताङको घर गुम्बा,झोङ गुम्बा र गुम्बाधाङ गुम्बाहरुको पुनस्थापना र विकासमा आर्थिक सहयोग प्रदान गरेको प्रमुख हाकरले जानकारी दिनुभयो ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले अमेरिकी दुतावास ,गाउँपालिका र गुम्बाको संयुक्त पहलमा स्थापना भएको संग्रालयले पर्यटन प्रवद्र्धन तथा संस्कृति संरक्षणमा टेवा पुग्ने बताउँनुभयो ।
लोमान्थाङ छोदे गुम्बामा मुन्छे एन्टी संग्रालय स्थापनाका लागि सन् २०२४ को सेप्टेम्बरमा दुईपक्षिय सम्झौता भएको थियो । संग्रालयमा सयां वर्ष पुराना तीब्बतीयन कलासंस्कृति झल्किने धार्मिक तथा सांस्कृतिक सामग्री राखिएको छ ।
यसअघि मुन्छे एन्टी संग्रालयको उद्घाटनपछि अमेरिकी राजदुतावासको सार्वजनिक मामिला प्रमुख माईक हाकर, मुस्ताङी राजा सिङ्गे पलवर बिष्ट, लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ ,उपाध्यक्ष छ्युमी बिष्ट ,लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट लगायतले संग्रालयको अवलोकन गर्नुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली