जोमसोम— मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले आफ्नो पालिका गान र लोगो डिजाईनरलाई नगद पचास हजार पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।
गाउँपालिकाको २० औं गाउँसभा अधिवेशनमा गान तथा लोगो डिजाईनर चितवन माडीका शोभा पुनलाई नगद पुस्कारसहित गाउँपालिकाले सम्मान गरेको हो ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको भौगोलिक,ऐतिहाँसिक,सांस्कृतिक, धार्मिक,प्राकृतिक ,जैविक र राष्ट्र राष्ट्रियताको बिषय बस्तुलाई गानमा समेट्दै सर्जक पुनले पालिका गान र लोगो डिजाईन गर्नुभएको हो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाले प्रशासनिक कामकाजमा नेपालको लोगोसहित पालिकाको लोगो निर्माण गरिएको हो ।
पालिकाका लागि निर्माण गरिएको लोागोमा नेपालको राष्ट्रिय झन्डा,हिमाल,दामोदरकुण्ड,कालिगण्डकी नदी, आठौं शताब्दीमा निर्माण भएको लोघेकर (घर) गुम्बा, गाउँपालिका नक्सा, ऐतिहाँसिक छोर्तेन, शालिग्राम शीला, याक स्थानीय भाषामा गाउँपालिकाको नाम र लोगोको रिवनमा गाउँपालिकाको नेपालीमा नाम समेटिएको छ ।
यसैगरी पुनले रचना गरेको पालिका गानमा मन्दिरहरुको पहाड,गुफा,गाउँपालिका, गुम्बाप्रतिका आस्था,बौद्ध धर्मको महत्व, स्थानीय परम्परागत यार्तुङ र ल्होसार पर्व र पालिकाहरुका नागरिकबिचको एकता भावलाई जोड्न खोजिएको छ ।
गानमा उपल्लो मुस्ताङमा बस्ने लोछोदिन अर्थात लोवा समुदाय भाषा संस्कृति र भेषभुसा रहन सहन मुस्ताङको जातिय पहिचान रहेको प्रष्ट्याउनु भएको छ ।
यहाँको कालिगण्डकी नदी शालीग्राम उत्पती भएका स्थानमा पर्यटक आतिथ्यता अतिथि देव भवलाई आर्थिक विकासको गान भाकामा समेटिएको छ । गुम्बाहरु यहाँको सांस्कृतिक पहिचान भएको र यहाँका भाषीहरुको जय जयकार गर्दै दामोदरकुण्डको शरणमा पर्ने र बुद्ध भगवानलाई यहाँको सामिप्यताको रक्षा गर शब्द सहित बुद्ध धर्मप्रतिको आस्था र विश्वासलाइ गानसंग जोडिएको छ ।
गाउँपालिकाको मंगलबार आयोजित गाउँसभामा पुनद्वारा तयार गरिएको पालिका लोगो र गानको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट, उपाध्यक्ष छिरिङ ल्हामो गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्याष्यले संयुक्त रुपमा बिमोचन गर्नु भएको हो । बिमोचित पालिका गान रेकर्डिङको तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली