जोमसोम— मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ फल्याकमा सम्पन्न अध्यक्ष कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि च्याम्पियन बन्दै मुस्ताङको झोेङ युथ क्लव (झोङ)ले नयाँ ईतिहाँस दर्ज गरेको छ । शनिबार सम्पन्न फाईनल उपाधि च्याम्पियनका लागि भएको प्रतिस्पर्धामा जनशान्ति माध्यमिक विद्यालयलाई टाईब्रेकरमा (४—३) गोल अन्तरले पराजित गर्दै झोङ युथ क्लव फुटबल खेल प्रतियोगिताको च्याम्पियन बनेको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको आयोजना तथा ल्हुङ्बुग युवाक्लव (फल्याक)को सहआयोजनामा बिहिबारदेखि आयोजना भएको प्रतियागितामा झोङ युथ क्लवले सेर्घुङ ल्हुङ्बुग ,रोयल तेताङ र फाईनलमा जनशान्ति माध्यमिक विद्यालयको टिमलाई हराउँदै उपाधि आफ्नो पोल्टोमा पारेको हो ।
उपाधि भिडन्तका लागि भएको फाईनल प्रतिस्पर्धामा दुबै टिमबाट निर्धारित ४० मिनेटको समयसम्म कुनै गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
प्रतियोगितमा झोङका खेलाडी सन्तोष श्रीस सर्वोउत्कृष्ट खेलाडी घोषित भए भने सर्वोउत्कृष्ट गोल किप्पर घिरिङ धावा गुरुङ घोषित भए । प्रतियोगितामा सबैभन्दा बढी र उत्कृष्ट गोल गर्ने जनशान्ति माध्यमिक विद्यालयका खेलाडी सन्तोष नेपाली घोषित भएका छन् । प्रतियोगितमा रोयल तेताङलाई हराउँदै कागछोदे गुम्बा विद्यालय तेस्रो भएको छ ।
प्रतियोगिताको च्याम्पियन बनेको झोङ युथ क्लव (झोङ)ले नगद ६० हजारसहित सिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता जनशान्तिले नगद ४० हजार र तेस्रो बनेको कागछोदे गुम्बा विद्यालयले नगद २० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो। प्रतियोगितमा च्याम्पियन ,उपविजेता र तेस्रो बनेको फुटबल टोलीलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ, वडाध्यक्ष सुरेन्द्र गुरुङ लगायतले नगदसहित सिल्डm मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।
फुटबलमा च्याम्पिन बनेको झोङले आईतबार फल्याक गाउँबाट विजयी उत्सव मनाएको छ । झोङ गाउँका पुरुष तथा महिला समुहहरुले खेलाडीहरुको साथमा विजयी उत्सव मनाएका हुन् ।
घरेलु खेलकुद प्रतियोगितामा आफ्नो सक्रिय उपस्थित जनाउन नसकेको झोङले पहिलो पटक फुटबलको च्याम्पियन बन्दै गाउँमा सिल्ड भित्र्याउन सफल भएको वडाध्क्ष नरु गुरुङले जानकारी दिए ।‘यो हाम्रो लागि ठुलो सफलता हो, खेलकुद क्षेत्रमा झोङले पनि आफुलाई प्रमाणित गरेर देखाएका छ ,‘ वडाध्यक्ष गुरुङले भने, यो सफलता खेलकुद उच्चसम्मान र गाउँका लागि प्रतिष्ठाको बिषय बनेको छ । वडाध्यक्ष गुरुङले आगामी दिनमा पनि यसप्रकार खेलकुद प्रतियोगिताका लागि खेलाडी उत्पादनतर्फ जोड दिने बताउँनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली