घमी खोला बाढीले काठेपुल र सिचाई कुलोमा क्षति

जोमसोम— मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—२ घमी खोला बाढीले त्यहाँको पुरानो काठेपुल र सिचाई कुलोमा क्षति पुगेको छ । खोलामा आएको बाढीले घमी र ढाक्मर जोड्ने पुरानो काठेपुल बगाएको हो ।  घमी गाउँको सिचाई कुलोको करिव सय मिटर डे«न समेत बाढीले क्षति तुल्याएको छ । 

 बाढीले पुरानो (घमी —ढाक्मर) गाउँ जोड्ने बगाएपछि त्यस क्षेत्रका स्थानीयबासी तथा पर्यटकलाई समेत आउजाउमा समस्या परेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । अहिले बाढीले काठेपुल बगाएपछि स्थानीयबासीले जोखिम मोलेर घमी खोला तर्नुपर्ने आवस्था आईपरेको अध्यक्ष बिष्टको भनाई छ । बाढीले काठेपुल बगाएपछि गाउँले जुटेर फेरी पुरानै संरचना नबिग्रिने गरी सो स्थानमा पुल स्थापना गर्न थालिएको भएपनि वर्षाका कारण पुल बनाउने काम गर्न अप्ठ्यारो परेको अध्यक्ष बिष्टले बताए । 

यसैगरी घमी खोलामा आएको बाढीले सिचाई कुलोमा क्षति पुगेपछि अहिले घमी गाउँको खेतीयोग्य जमिनमा सिचाईको सुविधा अवरुद्ध भएको छ । संघीयता अघि सिचाई सवडिभिजन कार्यालय बाग्लुङले निर्माण गरेको घमी सिचाई कुलो बाढीले क्षति बनाएको हो ।

बाढीले सिचाई कुलो क्षति बनाएपछि क्षतिग्रष्त स्थानमा पून ः सिचाई कुलो निर्माण गर्न गाउपालिकाले तत्कालै कदम चालेको अध्यक्ष बिष्टको उल्लेख गरे । घमी सिचाई कुलो मर्मत गर्न करिव १० लाख बढी रकम लाग्ने र गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट छुट्याईएको बजेटबाट कुलो मर्मत गरिने अध्यक्ष बिष्टको भनाई छ ।


प्रतिक्रिया