जोमसोम ।
राष्ट्रिय प्रकृति कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप) जोमसोमले यहाँ स्थित विभिन्न संरक्षण व्यवस्थापन समिति अन्तर्गतका वन हेरालुहरुलाई आईतबार पोशाक र झोला वितरण गरेको छ । एक्याप जोमसोम क्षेत्र अन्तर्गत यहाँका नौ वटा संरक्षण व्यवस्थापन समितिका वन हेरालुहरुलाई पोशाक र झोला वितरण गरिएको हो ।
वन,वन्यजन्तु तथा वातावरण रक्षाका लागि खटिदै आईरहेका यहाँका तीन पालिकाका नौ वटा संरक्षण व्यवस्थापन समिति अन्तर्गतका वन हेरालुहरुलाई न्यानो पोशाक र झोला वितरण गरिएको कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिनुभयो । एक्याप मुस्ताङको तल्लो क्षेत्र अन्तर्ग संरक्षण व्यवस्थापन समिति कागबेनी,झोङ,मुक्तिनाथ,जोमसोम,मार्फा,कोवाङ, टुकुचे, लेते र कुञ्जो समितिका वन हेरालुहरुलाई हिउँदयामको जाडोमा लगाउने जाकेट, टिसर्ट,टोपी ,गुमबुट र झोला वितरण गरिएको कार्यालय प्रमुख गुप्तले बताउँनुभयो ।
घरपझोङ गाउँपालिका उपाध्यक्ष जमुना थापा थकाली, संरक्षण व्यवस्थापन समिति जोमसोमका अध्यक्ष चन्द्रबहादुर थकाली र एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्त लगायतले यहाँ कार्यरत वन हेरालुहरुलाई पोशाक र झोला वितरण गर्नुभएको थियो ।
एक्याप जोमसोमले मुस्ताङको नौ वटा सरक्षण व्यवस्थापन समितिलाई आफ्नो वन क्षेत्रमा प्राकृतिक स्रोतसाधनको रेखदेख तथा संरक्षण ,वन्यजन्तुको अवैंध चोरी शिकारी नियन्त्रण र वातावरणको संरक्षण गर्न एक÷एक जना वन हेरालुको व्यवस्थापन गरेको छ । एक्यापले प्रत्येक संरक्षण व्यवस्थापन समितिको मातहतको वन र लेंकमा खटिने वन हेरालुहरुलाई मासिक चार हजारु रुपैया पारश्रमिक दिएर खटाउने गरेको छ ।
एक्यापको स्वामित्वमा रहेको वनक्षेत्र र वन्यजन्तुहरुको संरक्षणका लागि एक्यापले उपलब्ध गराउने पारिश्रमिक न्यून रहेको यहाँका वन हेरालुहरुको गुनासो छ । उनीहरुले विगत लामो समयदेखि सीमित पारिश्रमिकमा काम गरेको र समय सापेक्षिक पारिश्रमिक वृद्धि गर्न एक्याप कार्यालय समक्ष माग गरेका छन् ।
एक्याप प्रमुख राजेश गुप्तले वन हेरालुहरुको पारिश्रमिक वृद्धि गर्नका लागि एक्याप प्रधान कार्यालय र संम्वन्धि संरक्षण व्यवस्थापन समितिसंग समन्वय र पहल गर्ने बताउँनुभयो ।
यसै क्रममा एक्याप जोमसोमले यहाँ वन हेरालु र सुरक्षा निकायसंग समन्वयात्मक गोष्ठीको आयोजना गरेको छ । अवैंध वन फडानी रोकथाम , वन्यजन्तु तथा प्राकृतिक स्रोतहरुको संरक्षणका लागि वन हेरालु,संरक्षण व्यवस्थापन समिति, एक्याप र सुरक्षा निकायबिच समन्वय र सहकार्य आवश्यक रहेको औल्याईएको छ ।
एक्याप क्षेत्रमा वन्यजन्तुको अवैंध चोरी शिकारी गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारवाही हुने जनाईएको छ । हिउँदयामको मौसममा मुस्ताङका उच्चलेंकमा वन्यजन्तुहरुको चोरी शिकारी हुनसक्ने भएकाले वन हेरालुहरु त्यसतर्फ सचेत रहनु पर्ने प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली