जोमसोम ।
समुन्द्री सतहको ४६१० मिटरको उचाईमा रहेको (नेपाल—चीन) उत्तर सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले कोरला स्थित ६ वटा सीमा स्तम्भमा पुगेर संयुक्त सुरक्षा गस्ती गरेका हुन ।
हिउँदयामको समयमा (नेपाल—चीन) सीमाक्षेत्रका शान्ति सुरक्षा, त्यहाँ हुनसक्ने संम्भावित वन्यजन्तुको चोरी शिकारी तथा तस्करीका साथै सीमा क्षेत्रमा हुन सक्ने संम्भावित अपराध,अवैंध क्रियाकलाप र अवान्छित गतिविधि लगायतको नियन्त्रणका लागि एक्याप लोमान्थाङ कार्यालयका कर्मचारी प्रतिनिधि सहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली सीमा गस्ती गरेको एक्याप लोेमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
एक्याप कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलसहित लोमान्थाङ—२ नेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र नेपाल प्रहरी गरी करिव एक दर्जन टोली सेताम्मे हिउँमा माईनस डिग्री तापक्रमको परवाह नगरी कोरला स्थित सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्तीमा खटिएका एक्याप लोमान्थाङले जनाएको छ ।
नेपाल—चीन उत्तरी सीमा क्षेत्रमा यस हिउँदयामको पहिलो संयुक्त सीमा सुरक्षा गस्ती सुरु गरिएको हो । हिउँदयामको समय सीमा क्षेत्र सुनसान हुने त्यस्तो अवस्थामा सीमा क्षेत्रमा चोरी शिकारी र तस्करी लगायतका घटना हुनसक्ने भएकाले एक्यापसहितको सुरक्षा टोलीको कोरला क्षेत्रको संयुक्त सुरक्षा गस्ती गरेको एक्याप लोमान्थाङको भनाई छ ।
संयुक्त सुरक्षा गस्तीको टोलीले उत्तरी नेपाल—चीन कोरलानाकाको २४ नं. सीमास्तम्भदेखि मनाङतर्फ पर्ने सीमा स्तम्भ २५,२६,२७ र २८ नंम्बर सीमा क्षेत्रमा पुगेर गस्ती गरेको हो ।
उपल्लो मुस्ताङमा गत कार्तिक १० गते भारी हिमपात भएको भएपनि त्यसयता हिमपात भएको छैन । यद्यपी नेपाल—चीन सीमाक्षेत्रमा कार्तिक १० गते परेको हिउँ यथास्थितीमै छ । त्यहाँ सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुको सहयोगमा एक्याप लोमान्थाङले संयुक्त सुरक्षा गस्ती प्रारम्भ गरेको जनाएको छ ।
हिउँदयामको मौसमसंगै उपल्लो मुस्ताङमा चिसो अत्यधिक बढेको छ । उपल्लो मुस्ताङमा बिहान र बेलुकीपखको तापक्रम माईनस २० डिग्रीमा झर्ने गरेको छ । चिसोका कारण उपल्लो मुस्ताङका अधिकाँश नागरिक जाडो छल्न बेसी झरिसकेका छन् ।
तर, सीमावर्ती क्षेत्रमा कार्यरत सुरक्षाकर्मी भने हिउँदयामको चिसो सहदै सीमा सुरक्षाका लागि खटिएका छन् । एक्याप लोमान्थाङ कार्यालय सहित नेचुङ स्थित मुस्ताङ भन्सार कार्यालयका कर्मचारीले पनि कार्यस्थलमा रहेर राज्यप्रतिको उत्तरदायित्व र जिम्मेवारी सम्हालिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली