मुक्तिनाथमा अभया र तेन्जिङ डोल्माको लाईभ कन्सर्ट हुँने

जोमसोम ।

 यसपालिको यार्तुङ मेला २०८२ को लाईभ कन्सर्टमा नेपालका चर्चित ख्यातिप्राप्त कलाकार अभया सुब्बा र तेन्जिङ डोल्मा गुरुङ मुक्तिनाथ आउने भएका छन् ।यही साउन २३ गते साँझ आयोजना हुँने लाईभ कन्सर्ट कार्यक्रममा सहभागि हुन अभया र तेन्जिङ मुस्ताङ आउने सम्झौता भईसकेको जनप्रिय युवाक्लवले जानकारी दिएको छ ।

जनप्रिय युवा क्लव मुक्तिनाथ रानीपौवाले बर्सेनि आयोजना हुँने यार्तुङ मेलामा नेपालका चर्चित कलाकारहरुलाई यहाँ आमन्त्रण गरी लाईभ कन्सर्ट गर्ने गरेको छ । यसपटक क्लवले द भ्वाईस अफ नेपालकी पूर्व निर्णायक अभया सुब्बा र द भ्वाईस अफ नेपालमा भाग लिएर चर्चामा शिखरमा चुलिएकी मनाङकी चेली एवं नव प्रतिभा तेन्जिङ डोल्मा गुरुङलाई कन्सर्ट तताउँन मुस्ताङमा आमन्त्रण गरिएको क्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिनुभयो । ‘यसपटक अभया र तेन्जिङ आउँदै हुनुहुन्छ, उहाँलाई खाने बस्ने, सवारी सुविधा सहित उचित पारिश्रमिक दिने गरी बोलाएका छौं,’ अध्यक्ष ठकुरीले भन्नुभयो,‘ यहाँ कन्सर्ट गर्ने बारेमा दुबै पक्षबिच सम्झौता भईसकेको छ,यसपटक दर्शकले बेग्लै मनोरञ्जन प्राप्त गर्ने छन् ।’’

 ‘लैजाउ मलाई,तिम्रो लागि,हामी सबै नेपाली,सिरीमा सिरी, बाँसको घारी ,रुमालै बोकी र हावा हुरीले लगायतका दर्जनौं म्युजिक भिडियो निर्माण गर्नुभएकी चर्चित गायिक अभया सुब्बाले मुक्तिनाथको लाईभ कन्सर्टमा धुम मच्चाउने आयोजकको दावी छ । कन्सर्ट व्यवस्थापनका लागि सबै सुरक्षा प्रवन्ध र अन्य व्यवस्थापन गर्ने कार्य भईरहेको जनाईएको छ । यसैगरी तेन्जिङ डोल्मा गुरुङले पनि उक्त लाईभ कन्सर्टमा आफ्ना प्रस्तुतीहरु राख्ने कार्ययोजना रहेको जनाईएको छ ।

 याुर्तङ मेलामा घोडा दौड, कदम घोडा दौड, सेभेन ए साईड फुटबल र तारा खेल लगायतका प्रतियोगिता रहने आयोजक जनप्रिय युवाक्लवले जनाएको छ ।

जिल्लाकै धार्मिक,सांस्कृतिक र परम्परागत रुपले मुक्तिनाथको यार्तुङ पर्व मेला विशेष हुने गर्छ । यहाँको घोडा दौड  प्रतियोगिता र यार्तुङ संस्कृति हेर्न आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिती हुने गर्छ ।


प्रतिक्रिया