जोमसोम ।
यहाँको थासाङ गाउँपालिका स्थित थाकसात सय क्षेत्र थासाङका विभिन्न स्थानमा नेपाली कथानक चलचित्र कबड्डीको पाँचौं संस्करण छायांकन चलरहेको छ । बासुरी फिल्मस्को ब्यानरमा निर्माण भईरहेको यो चलचित्र मुस्ताङको थकाली कलासंस्कृति र मौलिकतासंग सम्वन्धित रहेको निर्माण कम्पनीले जनाएको छ ।
यसअघि लगातार कबड्डीको एकदेखि चौथौ संस्करण सोही स्थानमा छायांकन भईसकेको छ । यहाँ थकाली कलासंस्कृतिसंग कथावस्तु जोडिएकाले कबड्डीको पाँचौं संस्करण पनि थासाङको थाक सातसय क्षेत्रमा छायांकनलाई निरन्तरता दिईएको चलचित्रका कार्यकारणी निर्माता मणिराम पोखरेलले जानकारी दिनुभयो । यहाँ चलचित्र कबड्डीको पाँचौं संस्करण असोज २६ गते मुक्तिनाथ मन्दिरमा शुभारम्भ गरी छायांकन सुरु गरिएको कार्यकारणी निर्माता पोखरेलको भनाई छ ।
रामबाबु गुरुङको निर्देशक रहेको कबड्डी पाँचको छायांकन थासाङको कोवाङ,नाउरिकोट,लार्जुङ र टुकुचे लगायतका स्थानमा भईरहेको कार्यकारणी निर्माता पोखरेलले जानकारी दिनुभयो । यसपटक कबड्डीको पाँचौं संस्करण थकाली कलासंस्कृति समेट्ने गरी विशेष महत्वका साथ अघि बढाउने प्रयास भईरहेको निर्माता पोखरेल बताउँनुहुन्छ ।
यसअघि कबड्डी चलचित्र सुरु गर्दा यहाँ सामान्य टिम आएकोमा यसपटक झन्डै एक सय बढी जनशक्ति परिचालन भईरहेको छ । सुरुवाती चरण भन्दा कबड्डी पाँचसम्म आईपुग्दा सडक यातायात सहज भएका कारण निकै सहज भएको निर्माता पोखरेलको भनाई छ ।
‘हामीलाई योस्थानमा चलचित्रको छायांकन काम गर्न पाउँदा निकै सहज भएको छ ,यहाँका समुदायहरु सबै आफ्नै परिवार जस्तै भएको छ,’ निर्माता पोखरेलले भने,‘ थकाली कथावस्तु र यहाँका समुदायको मायाप्रेम र स्नेहले पटकपटक यो स्थानमा तानिरहेको छ ।’
मुस्ताङको थाक सातसय क्षेत्रमा बसोबार गर्ने थकाली संस्कृति,रहनसहन,परम्परा,वेशभूषा र सामाजिक चरित्रलाई मुख्य कथावस्तुमा समेटिने सहनिर्देशक सोमनाथ खनालले जानकारी दिनुभयो । कबड्डीको पाँचौं संस्करणमा पुराना कलाकारहरुसहित नयाँ कलाकारहरु संग्लनता रहेको सहनिर्देशक खनालको भनाई छ ।
चलचित्रमा दयाह्याङ्क राई,बुद्धि तामाङ,विजय बराल,रेश्मा गुरुङ,अरुणा कार्की,कमलमणि नेपाल, विपिन कार्की,पुस्कर गुरुङ, कविता आले,सृजना गुरुङ, शिशिर वाङ्देल,विष्णु मोक्तान र प्रमिला राई लगायतका कलाकारहरु अभिनय रहने सहनिर्देशक खनालले जानकारी दिनुभयो ।
चलचित्रका मुख्य पात्र दयाह््याक राईले काजीको भूमिकामा छन् । थकाली संस्कृतिमा आधारित काजीको कथावस्तुसंग जोडिएको छ । थकाली काजीको जिवनमा आईपर्ने आरोह ÷अवरोधलाई चलचित्रमा उतार्ने प्रयास भईरहेको सहनिर्देशक खनालले बताउँनुभयो । नायकको भूमिकामा बीरकाजी शेरचन उर्फ काजीको भूमिकामा दयाह्याङक चरित्र रहेको उहाँले जनाउँनुभयो ।
कलाकार अरुणा कार्कीले मुस्ताङमा कबड्डीका छायांकन निरन्तर रहनु दर्शकहरुको माया र यहाँका समुदायका माया र विश्वासको प्रतिफल रहेको उल्लेख गर्नुभयो । काजीको आमाको भूमिकामा रहनु भएका कार्कीले प्राकृतिक सौन्दर्यता र थकाली समुदायहरुको उद्गम स्थल थासाङ क्षेत्रमा छायांकन भईरहनु आफुहरुका लागि पनि गर्वको महशुस भएको बताउँनुभयो । कबड्डी एक र दुईमा अभियन गरिसक्नु भएकी कार्कीले यहाँको थकाली संस्कृति बुझ्ने अवसर नजिकबाट प्राप्त भएको बताउँनुभयो ।
यसैगरी चलचित्रमा मैयाको भूमिकामा रहनु भएका रेश्मा गुरुङले यहाँको नारउरिकोटमा मैयाको होटल भनेर परिचित रहेकोमा गर्व लागेको बताउँनुभयो । योस्थानमा कबड्डीका छायांकनले पर्यटन प्रर्वद्धनमा समेत योगदान पु¥याएको गुरुङको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली