मुस्ताङ, २९ ,असोज
यहाँको घरपझोङ गाउँपालिका अन्तर्गत वडा एक र दुई जोड्ने (मार्फा—छैरो) मोटरेबल पुल बनेपछि यहाँको छैरो र चिमाङ गाउँको सपना साकार भएको छ ।
े बुधबार यहाँ बाजागाजासहित तामझाँमका साथ पुल उद्घाटन गरिएको छ । राष्ट्रिय गौरवको बेनी—जोमसोम मुख्य राजमार्ग सडक नजिकै रहेरपनि कालिगण्डकी नदीमा पुल नहुँदा वर्षौवर्षदेखि ओझेलमा परेको यहाँको कालिगण्डकी पारीका दुई गाउँ छैरो र चिमाङ गाउँका स्थानीयबासी खुसीले उत्साहित भएका छन् ।
संघीय सरकारको विशेष अनुदान एक करोड ९५ लाख ९२ हजार र घरपझोङ गाउँपालिकाबाट ९७ लाख ५१ हजार लागत साझेदारी रहने गरी दुई करोड ९३ लाख लागतमा मुस्ताङको घरपझोङ गाउँपालिकाको मार्फा—छैरो जोड्ने मोटरेबल पुल निर्माण गरिएको हो । कालिगण्डकी नदीमा निर्मित ४२ मिटर लम्बाई र ४ दशमलव २० मिटर चौडा मोटरेबल निर्माण कार्य रविचन्द्र निर्माण सेवाले जिम्मा लिएको थियो ।
आर्थिक वर्ष २०८०÷०८१ र आर्थिक वर्ष २०८१÷०८२ गरी दुई आर्थिक वर्षमा विनियोजित बजेट मार्फत यहाँको (मार्फा—छैरो) जोड्ने बेलिब्रिज पुलको निर्माण गरिएको थियो ।
यहाँको घरपझोङ गाउँपालिकाका पाँच वडा मध्ये चार वटै वडाहरुमा सडकको पहुँच पुगिसक्दा यहाँको छैरो—चिमाङ गाउँसम्म जोड्ने कालिगण्डकी नदीमा पुल नहुँदा स्थानीयले निकै सास्ती खेप्दै आईरहेका थिए । पुल उद्घाटनका लागि छैरो चिमाङ गाउँका सबै स्थानीय नागरिक उपस्थित भएका थिए । पुल उद्घाटनमा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहित सुरक्षा निकायको टोली, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
मार्फा —छैरो पुल निर्माण सम्पन्न भएको खुसीयालीमा बाँजागाजासहित स्थानीयबासीले घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई गााउँ परिक्रमा गराईएको थियो ।
यसअघि मार्फा गुम्बाका लामाले बुद्धिस धर्म परम्परा अनुसार धार्मिक पुजापाठ र मन्त्र वाचन गरेपछि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, कार्यपालिका सदस्यहरु लगायतले रिवन काँटेर भव्य रुपमा पुलको उद्घाटन गरिएको थियो । त्यस लगत्तै गाउँपालिका अध्यक्ष लालचनले पुलको शिलालेख अनावरण गर्नुभएको थियो ।
पुल बनेको खुसीयालीमा स्थानीय नागरिकहरु मात्रै होईन जनप्रतिनिधि र कर्मचारीहरु समेत खुसीले गदगद थिए । पुल उद्घाटनका क्रममा बाँजागाजासहितको तालमा जनप्रतिनिधि र कर्मचारीहरु नाचेर रमाईलो गरेका थिए ।
पुल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले निर्वाचनका बेला जनता माँझ गरिएको प्रतिवद्धताको समना साकार भएको बताउँनुभयो । यहाँको कालिगण्डकी नदीमा पुल नहुँदा छैरो—चिमाङ गाउँ ओझेल परेको उल्लेख गर्दै अब भने पुल बनिसकेकाले यहाँको कृषि र पर्यटन विकास ढोका उघ्रिएको बताउँनु भयो ।
पुल नहुँदा छैरो र चिमाङ गाउँमा उत्पादित कृषि उपजको बजारिकरणमा समस्या परेको र ढुवानी ज्याला बढी लाग्दा सहज बिक्री हुन नसक्ने अवस्था थियो,’ अध्यक्ष लालचनले भने,‘ अब कृषकको घर आँगन र खेतबारीमा ढुवानीका साधन लैजान सकिने भएकाले कृषि उपजको बजारिकणको मार्ग खुलेको छ ।’
गाउँपालिका अध्यक्ष लालचनले छैरो र चिमाङ गाउँमा प्रचुर पर्यटकीय सम्भावना भएकाले पर्यटकहरुलाई यस स्थानमा पुग्न सहज भएकाले यहाँका पर्यटकीय गन्तब्यको प्रर्वद्धन र विकास गर्नु जरुरी रहेको औल्याउँनुभयो ।
यसैगरी छैरो गाउँका स्थानीय भीमबहादुर रसाईलीले गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको योगदानबाट ओझेलमा परेको छैरो र चिमाङ जाने कालिगण्डकी नदीमा पुल बनेको बताउँनुभयो । यसैगरी चिमाङका स्थानीय सुकबहादुर बिकले मार्फा—छैरो पुल निर्माणले यहाँको सम्भावानाको ढोका खोलेको बताउँनुभयो । पुल नहुँदा कृषि,स्वास्थ्य,शिक्षा ,पर्यटन विकासको बाटो बन्द भएकोमा अब त्यो समस्याको अन्त्य भएको जनाउँनुभयो । गाउँमै मोटर पुगेकाले यो भन्दा बढी खुसी केही नभएको भन्दै विकासको समृद्धिका लागि सडक तथा पुल महत्वपूर्ण भएको बताउँनुभयो ।
मार्फा—छैरो पुल बनेर उद्घाटन गरिएपछि छैरो—चिमाङ गाउँका स्थानीयबासीले गाउँपालिकाका जनप्रतिनिधि ,कर्मचारी र पुल बनाउँने ठेकेदार लगायतलाई खाँदा लगाएर भव्य सम्मान गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली