दुर्गमको साङ्ता गाउँमा संञ्चारको पहुँच जोडिंदै

जोमसोम—हिमाली जिल्ला मुस्ताङ र डोल्पाको सिमावर्ती गाउँ साङ्तामा संञ्चारको पहुँच स्थापित हुने पक्का भएको छ । नेपाल दुरसंञ्चार प्राविधिकरण अन्तर्गत नेपाल टेलिकमको समन्वयमा मुस्ताङको अति दुर्गम वस्ती साङ्ता गाउँमा संञ्चारको पहुँच स्थापित गर्ने तयारी गरिएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा नेपाल टेलिकमले साङ्ता गाउँमा संञ्चारको पहुँच पू¥याउन हालै प्रारम्भिक सर्वे सम्पन्न गरेको जनाएको छ । यसका लागि  नेपाल टेलिकमले वारागुङ—५ को घिउँला डाँडामा रहेको माईक्रोवेभ रेडियो लिंकको रिपिटर टावरबाट साङ्ता गाउँमा  टेलिफोन तथा थ्रीजी ईन्टरनेट चलाउनका लागि बेस्ट ट्रान्समिसन स्टेशन (बिटीएस) संगको सेटलाईट  रेडियो लिंक छनौट गर्न थप एक रिपिटर टावर स्थापना गर्ने जनाईएको छ । 

नेपाल टेलिकम जोमसोमका प्राविधिक उदयबहादुर पुर्जाले साङ्ता गाउँमा टेलिफोन सेवा पू¥याउन सर्वे अध्ययन पुरा भएको बताए । उनले साङ्तामा बिटिएस टावर मार्फत संञ्चारको पहुँच जोड्न साङ्ता गाउँ र घिउला डाँडाको बिचमा  माईक्रो वेभ रेडियो लिंकको रिपिटर टावर राख्ने निर्णय भएको जनाए ।


साङ्ता गाउँमा बिटिएस टावरको लिंक जोड्नका लागि बिचको स्थानमा संञ्चार ईकुमेन्ट राख्ने रिपिटर गृह आवश्यक पर्नेछ । यस्तै, साङ्ता गाउँमा बिटिएस टावरको लागि बिटिएस ईकुमेन्ट व्यवस्थापन गर्न बिटिएस गृहको भौतिक संञ्चार आवश्यक पर्दछ । यसै प्रयोजनका लागि वारागुङ—५ का वडाध्यक्ष सुरेन्द्र गुरुङको पहलमा स्थानीय नागरिकहरुले साङ्ता र घिउँला डाँडाबिचको स्थानमा रेडियो लिंकको रिपिटर टावर गृह निर्माण गरेका छन् । रिपिटर टावर गृह निर्माणको काम स्थानीय जनश्रमदानबाट अन्तिम चरणमा पुगेको वडाध्यक्ष गुरुङले जानकारी दिए । रिपिटर टावर गृह अन्तिम चरणमा पुगेको र त्यसपछि तत्कालै साङ्ता गाउँमा पनि बिटिएस टावर गृह निर्माणको प्रक्रिया सुरु गरिने उनले बताए ।

 मुस्ताङको ९६ वटा गाउँवस्ती मध्ये मुस्ताङको साङ्ता गाउँमा संञ्चारको पहुँच स्थापित हुन सकेको थिएन । गाउँमा टेलिफोन र ईन्टरनेट सुविधा जोडिने भएपछि त्यहाँका स्थानीय नागरिक निकै उत्साहित भएको वडाध्यक्ष गुरुङले उल्लेख गरे । ‘साङ्तामा संञ्चार सुविधा स्थापित हुने भएकाले स्थानीय नागरिक खुसी भएका छन्,उनले भने,‘त्यसका लागि स्थानीय नागरिकहरु स्वतस्फूर्त श्रमदान गर्न तयारी भएर लागिपरेका छन् ।’

भौगोलिक रुपले अत्यन्तै विकट स्थानमा रहेको साङ्ता गाउँ मुस्ताङको निषेधित तथा नियन्त्रित क्षेत्र अन्तर्गत पर्दछ । नेपालकैपछि पत्ता लागेको कान्छो गाउँ भनिएको साङ्ता गाउँमा नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्रै संञ्चारको पहुँच स्थापित गर्ने गरी पहल अघि बढाएको हो । साङ्ता गाउँ र उपल्लो डोल्पाका नागरिकलाई मुस्ताङ आउजाउ गर्दा आवश्यक पर्ने संञ्चारको सुविधा नहुँदा त्यस क्षेत्रका स्थानीय नागरिकहरुले ईन्टरनेट र टेलिफोन सुविधाबाट बञ्चित थिए । नेपाल टेलिकमले रेडियो लिंक मार्फत साङ्तामा बिटीएस प्रविधि मार्फत संञ्चार सुविधाको पहुँच जोड्न पहल गरेकाले त्यहाँका स्थानीय नागरिकले न्यूनतम रुपमा प्राप्त गर्ने संञ्चार सुविधाको उपयोग गर्न पाउँने पक्का भएको हो ।

 भौगोलिक रुपमा विकट साङ्ता गाउँमा ३ महिना अघि मात्रै १० किलोवार्ड क्षमताको सौयउर्जा विद्युतीकरण सम्पन्न भएको वडध्यक्ष सुरेन्द्र गुरुङले बताए । गाउँपालिकाको समन्वयमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले मुस्ताङको साङ्ता गाउँमा सोलार जडान गरेर त्यहाँका १३ घुरधुरीलाई लक्षित गरी विद्युतीकरणकार्य सम्पन्न गरेको उनले बताए । सौर्य उर्जा जडानका लागि आवश्यक ईकुमेन्ट व्यवस्थापन गर्न गाउँपालिकाले सौर्य उर्जा विद्युत गृह निर्माण गरेको वडाध्यक्ष गुरुङको भनाई छ ।

 गतवर्षसम्म मुस्ताङको साङ्ता गाउँमा विद्युत र संञ्चारको पहुँच नहुँदा त्यहाँका नागरिकहरु अन्धकारमा बस्नु पर्ने बाध्यता थियो । यस्तै,संञ्चार सुविधा नहुँदा टेलिफोन सम्पर्क गर्न,इमेल ईन्टरनेट चलाउन , टिभि हेर्न र देशमा भईरहेका ताजा घटनाको सुविधा थाहा पाउनबाट बञ्चित थिए । सांङतामा सौर्य उर्जा जडानपछि त्यहाँका नागरिकहरुले उज्यालोमा बस्न पाउने अधिकार प्राप्त गरेका हुन् । वडाध्यक्ष सुरेन्द्र गुरुङले आफु वडाध्यक्षमा निर्वाचित भएपछि विकटको साङ्ता गाउँमा विद्युत र संञ्चारको पहुँच स्थापित गर्न अहोरात्र जुटिरहेको सुनाए ।

 मुस्ताङ जिल्लाकै सबै भन्दा बढी पीछडिएको विकट साङ्ता गाउँमा १३ घरधुरी मात्रै छ । जहाँ एक सय भन्दा बढी नागरिक छैनन् । भौगोलिक विकटता र कम जनसंख्या भएकै कारण त्यहाँ नागरिकहरुलाई आवश्यक पर्ने विद्युत र संञ्चारको सुविधा पू¥याउन कठिनाई परेको थियो ।

 मुस्ताङबाट उपल्लो डोल्पाको पदमार्ग समेत रहेको साङ्ता गाउँमा संघीय सरकारले पछिल्लो ५ वर्षदेखि डोल्पा जोड्ने कच्ची सडक विस्तार गरिरहेको छ । नेपाली भाषा सुद्ध समेत बोल्न नजान्ने त्यहाँका नागरिकहरुलाई आधारभुत सेवा अन्तर्गत विद्युत संञ्चार नहुँदा त्यहाँ नागरिकहरुले निकै कठिन परिस्थीत झेल्दै आईरहेका थिए ।


प्रतिक्रिया