मुस्ताङमा झारकोट स्वास्थ्य चौकी जिल्लामै अब्बल

जोमसोम—

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ स्थित झारकोट स्वास्थ्य चौकी जिल्लामा पहिलो र अब्बल सावित भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङ अन्तर्गत जिल्ला खोप समन्वय समितिद्वारा मंगलबार आयोजित ‘पूर्ण खोप सुनिश्चिता,दिगोपना’ घोषणा कार्यक्रममा जिल्लाका स्वास्थ्य संस्था मध्येबाट झारकोट स्वास्थ्य चौकीले (७०.५) अंक प्राप्त गरी जिल्लामा पहिलो र अब्बल सावित भएको हो ।

 मुस्ताङमा रहेका स्वास्थ्य संस्थामध्ये आ.व. २०८०÷०८१ मा  सम्पादित  स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय मुल्यांकनबाट झारकोट स्वास्थ्य चौकीले प्रथम स्थान हासिल गरेको हो । झारकोट स्वास्थ्य चौकीले नेपाल सरकारले जनताको आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउन तोकिएका सेवाहरुको उत्कृष्ट कार्यसम्पादन गरेकाले प्रथम स्थान हासिल गरेको हो ।

यसैगरी घरपझोङ गाउँपालिका—५ स्थित ठिनी स्वास्थ्य चौकी दोश्रो र थासाङ—५ कुञ्जो स्वास्थ्य चौकी तेश्रो भएको छ । 

पूर्ण खोप घोषणा कार्यक्रममा पालिकाबाट सिफारिस भएका प्रत्येक १÷१ जना खोपकर्तालाई नगद ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा ११ वर्षसम्म निरन्तर महिला स्वास्थ्य स्वंयसेविकाको पदमा काम गर्नु भएकी थासाङ—३ लेते प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत रुपा नेपालीलाई नगद २० हजारसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

 उनीहरुलाई संघीय सांसद योगेश गौचन थकाली, प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक  खिमबहादुर खड्का,जिल्ला खोप समन्वय समिति संयोजक एवं जिसस प्रमुख माया गुरुङ र प्रदेश जनस्वास्थ्य कार्यालय मुस्ताङका वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङ लगायतले पुरस्कार तथा सम्मानपत्र अर्पण गर्नु भएको हो 


प्रतिक्रिया